नागरिकता पाउन दुई दिन लामबद्ध



हाम्रो इकोनोमि

रुकुम । बाँफिकोट गाउँपालिका–६ की सुष्मिता पुन जनजातिको जातीय सिफारिस लिनका लागि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा लामबद्ध लागेको दुई दिन भयो ।
उहाँले नागरिकता अझै पाउन सक्नुभएको छैन । उहाँ जस्तै बाँफिकोट–२ कै नन्दराम केसी पनि नाता प्रमाणितको सिफारिस लिनका लागि लामबद्ध बसेको दुई दिन नै भयो ।

जिल्लामा विद्युत् सेवा अनियमित हुँदा जिल्ला प्रशासनलगायत सरकारी कार्यालयको नियमित काममा समस्या भएको छ । सेवा लिनका लागि गाउँबाट आएका सर्वसाधारण विद्युत् अनियमितता भएसँगै मर्कामा परेका छन् । प्रशासन कार्यालयमा वैकल्पिक व्यवस्था नहुँदा नागरिकता लिनका लागि दुई दिनसम्म पनि लामबद्ध बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ ।

दुई दिनदेखि लामबद्ध बस्दा पनि नागरिकताका साथै सानो सिफारिस बनाउन नसकेको सर्वसाधारणको गुनासो छ । प्रशासन कार्यालयबाट प्रदान गरिने नागरिकतालगायत अन्य सिफारिस बनाउनका लागि कार्यालयको प्राङ्गणमा सेवाग्राहीको आइतबारदेखि आजसम्म पनि लाम बाक्लो देखिएको थियो ।

तीन दिनसम्म पनि लाम कत्ति नघटेको र नागरिक बडापत्रमा भनेजस्तो गरेर आफूहरुले सेवा नपाएको लाममा पालो कुरेर बसेका सर्वसाधारणको गुनासो छ । प्रशासन कार्यालयका साथै जिल्लाका अन्य प्रायः सबै सरकारी कार्यालयमा अहिले यसरी नै सर्वसाधारणको भिड लाग्ने गरेको छ । विद्युत् सेवा अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...