काँग्रेस-एमालेको मत बराबरी



हाम्रो इकोनोमि

काँकडभिट्टा (झापा) । कमल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारको मत बराबरी आएपछि अन्योल सिर्जना भएको छ ।

आज आएको मतपरिणाम अनुसार नेकपा (एमाले)का अध्यक्षका उम्मेदवार मेनुका काफ्ले र काँग्रेसका हुकुमसिंह राईको मत बराबर आएपछि पुनःगणना गर्ने या गोलाप्रथा गर्ने भन्ने बारेमा अन्योल भएको छ ।

एमालेकी काफ्ले र काँग्रेसका राई दुवैले आठ हजार २७५ मत प्राप्त गरेको निर्वाचन अधिकृत पदमबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार सो गाउँपालिकामा राजनीतिक दलबीच गोलाप्रथाका लागि सहमतिको प्रयास भइरहेको छ । उहाँले दलहरुबीच कुरा नमिलेमा पुनः मतगणना हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...