पोखरामा खेलकुदको राजधानी बनाउने गरी बजेट विनियोजन



पोखरा । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुदको राजधानी बनाउने गरी बजेट विनियोजन गरिएको बताउनुभएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव दाहालले खेलकुदका पूर्वाधार निर्माणमा पोखरा रङ्गशाला मन्त्रालयको प्राथमिकता परेको जानकारी दिनुभयो ।

सन् २०१९ मा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिताका पाँचदेखि छ खेल पोखरामा गरिन लागेको र खेलकुद सुरु गर्नुभन्दा अघि नै त्यसका लागि सुरु गरिएका पूर्वाधार सम्पन्न गरिने विचार व्यक्त गर्दै सचिव दाहालले समग्र खेलकुदको लागि राज्यबाट वार्षिक रु दुई अर्ब २४ करोड मात्रै छुट्टाइनु ज्यादै न्यून भएको जिकिर गर्नुभयो ।

उहाँले पोखरा रङ्गशालाको पूर्वाधार विकासका लागि मन्त्रालयले रु तीन करोड ५० लाख छुट्टाएको बताउनुभयो । क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरा रङ्गशालाको हातामा मिडिया सेन्टर निर्माणका लागि रु २० लाख विनियोजन भएको जानकारी गराउनुभयो ।

मञ्चका जिल्ला अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव रञ्जन अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
पेरिस ओलम्पिक २०२४ आजदेखि सुरु

    विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको

क्रिकेटर सन्दीप लामिछानेको भिसा अन्योलमा

    क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ

सन्दीपको भिसा खुलाउन परराष्ट्रले थाल्यो पहल

    क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको

सन्दीपलाई अमेरिका पठाउन भिसा प्रक्रिया सुरु

    नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन