माओवादी र फोरमको विरोधपछि धरानमा मतगणना रोकियो



हाम्रो इकोनोमि

धरान । धरान उपमहानगरपालिकाको मतगणना रोकिएको छ । वडा नं। ९ र १० को मतगणना भई परिणाम सार्वजनिक गर्ने क्रममा नेकपा माओवादीसँग गठबन्धन गरी उपमेयरमा उठेका संघीय समाजवादी फोरमका पारस काङवाङको मत फरक रहेको भन्दै नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमले विरोध जनाएपछि राती मत परिणाम रोकिएको छ ।

गणनाका क्रममा यी दुई वडामा उपमेयर काङमाङले प्राप्त गरेको मत अन्यत्र जोडिएको पाइएपछि मत गणना स्थलमा विवाद उत्पन्न भएको बताईएको छ । अहिले विहान सर्वदलीय वैठक बसेर निष्कर्ष निकाल्ने सहायक निर्वाचन अधिकृत गणेश खतिवडाले जानकारी दिए ।

धरानमा ८ वटा वडाको मत गणना सम्पन्न भइसकेको छ । जसमा एमाललेले ३, ४, ६ , ७ र ८ वडामा प्यानलसहित विजय हासिल गरिसकेको छ । काँग्रेसले वडा नं १, २ र ५ प्यानलसहित विजयी भएको छ ।

धरानमा हालसम्म भएको मत परिणम अनुसार नेकपा एमाले अग्रस्थानमा रहेको छ । एमालेको मेयरका उमेद्वार तारा सुब्बाले ७ हजार ३ सय ६६ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मेयरका उमेद्वार तिलक राईले ६ हजार १ सय ४२ मत छ । यस्तै उपमेयरमा एमालेकी मञ्जु भण्डारी सुुवेदीले ७ हजार ५ सय ५६ मत छ भने नेपाली काँग्रेसकी उपमेयरकी उमेद्वार श्यामा रेग्मीले ६ हजार ६ सय ६ मत छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...