पुनर्वास नगरपालिकामा पुनः मतगणना हुने



हाम्रो इकोनोमि

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा पुनः मतगणना हुने भएको छ ।

नगरपालिकाको वडा नं १ मा पुनः मतगणना गर्ने र वडा नं ५ मा पुनः मतगणना गर्न आवश्यक भएको खण्डमा मात्रै निर्वाचन अधिकृतले मतगणना गर्नसक्ने निर्वाचन आयोगले निर्देशन दिएको छ ।

बाँकी वडा नं २, ३, ४ र ६ को हकमा निर्वाचन निर्देशिकाको दफा १३९ अनुसार गर्न गराउन आयोगबाट निर्देशन भएको कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत प्रकाश ढुङ्गानाले बताउनुभयो । पुनः मतगणनाका लागि सर्वदलीय बैठक बोलाएका छौँ, उहाँले भन्नुभयो, “मतगणना छिट्टै सुरु हुन्छ ।

मतगणनास्थलमा अहिले सुरक्षाका लागि चारवटा सिसिटिभी क्यामेरा जडान गरिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय पुनर्वासले शनिबार सार्वजनिक गरेको मतपरिणाममा वडा नं १ का कुल मतदाता तीन हजार ५६९ मध्ये कुल खसेको मत सङ्ख्या दुई हजार ६७९ र कुल गणना भएको मत दुई हजार ६८८ तथा बदर भएको मत १०४ देखिएपछि विवाद भएको थियो ।

कुल खसेको मतभन्दा ११३ मत बढी देखिएपछि विवाद चरम उत्कर्षमा पुगी आक्रोसित राजनीतिक दलका कार्यकर्ताहरूले ढुङ्गामुढा प्रहार गर्दा मतगणनाको कार्य स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...