पुनर्वास नगरपालिकामा पुनः मतगणना हुने



हाम्रो इकोनोमि

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा पुनः मतगणना हुने भएको छ ।

नगरपालिकाको वडा नं १ मा पुनः मतगणना गर्ने र वडा नं ५ मा पुनः मतगणना गर्न आवश्यक भएको खण्डमा मात्रै निर्वाचन अधिकृतले मतगणना गर्नसक्ने निर्वाचन आयोगले निर्देशन दिएको छ ।

बाँकी वडा नं २, ३, ४ र ६ को हकमा निर्वाचन निर्देशिकाको दफा १३९ अनुसार गर्न गराउन आयोगबाट निर्देशन भएको कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत प्रकाश ढुङ्गानाले बताउनुभयो । पुनः मतगणनाका लागि सर्वदलीय बैठक बोलाएका छौँ, उहाँले भन्नुभयो, “मतगणना छिट्टै सुरु हुन्छ ।

मतगणनास्थलमा अहिले सुरक्षाका लागि चारवटा सिसिटिभी क्यामेरा जडान गरिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय पुनर्वासले शनिबार सार्वजनिक गरेको मतपरिणाममा वडा नं १ का कुल मतदाता तीन हजार ५६९ मध्ये कुल खसेको मत सङ्ख्या दुई हजार ६७९ र कुल गणना भएको मत दुई हजार ६८८ तथा बदर भएको मत १०४ देखिएपछि विवाद भएको थियो ।

कुल खसेको मतभन्दा ११३ मत बढी देखिएपछि विवाद चरम उत्कर्षमा पुगी आक्रोसित राजनीतिक दलका कार्यकर्ताहरूले ढुङ्गामुढा प्रहार गर्दा मतगणनाको कार्य स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...