गौरीगङ्गामा एमाले विजयी



हाम्रो इकोनोमि

धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।

प्रमुखका प्रत्यासी भीमबहादुर देउवा पाँच हजार ८९१ प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का देवीदत्त कँडेलले पाँच हजार ८३० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मोहनराज जोशीले बताउनुभयो ।

यसैगरी, उपप्रमुखमा एमालेकी अञ्चला चौधरी छ हजार १४३ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम (माओवादी केन्द्र)का करुणा चौधरीले पाँच हजार ३७३ मत प्राप्त गर्नुभएको छ । वडा अध्यक्षमा नगरपालिकाको वडा नं १, २, ३, ५,७, र १० मा एमाले, वडा नं ६ मा कांग्रेस र वडा नं ४, ८, ९, ११ मा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...