नेप्से २.४६ अंकले बढ्यो, कारोबार घट्यो



काठमाण्डौं । सोमबार नेप्से २.४७ अंकले बढेर १५४४ अंकमा कायम भएको छ। यस दिन १४५ कम्पनीको ४४ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भयो। अघिल्लो दिन ५६ करोड ७७ लाखको कारोबार भएको थियो।

बैंकिङ र विकास बैंक समूह मात्रै हरियो रहे भने अरु सबै समूह ओर्लिएका छन्। ति दुवै समूह ६ अंकले उक्लिए। होटल सबैभन्दा धेरै ३७ अंकले ओर्लिएको छ। जलविद्युत ९, फाइनान्स ४, बिमा ७ र उत्पादन ६ र अन्य समूह ३ अंकले ओर्लिए।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ३ करोड ५९ लाखको कारोबार भयो। सानिमा बैंकको २ करोड ३३ लाखको सेयर खरिदबिक्री भयो।

फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाए। त्यस्तै साइन रेसुङ्गा विकास बैंकको मूल्य ४ प्रतिशतले बढ्यो। पोखरा फाइनान्स र कन्चन विकास बैंकका लगानीकर्ताले ५ प्रतिशत मूल्य गुमाए।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार