नेप्से २.४६ अंकले बढ्यो, कारोबार घट्यो



हाम्रो इकोनोमि

काठमाण्डौं । सोमबार नेप्से २.४७ अंकले बढेर १५४४ अंकमा कायम भएको छ। यस दिन १४५ कम्पनीको ४४ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भयो। अघिल्लो दिन ५६ करोड ७७ लाखको कारोबार भएको थियो।

बैंकिङ र विकास बैंक समूह मात्रै हरियो रहे भने अरु सबै समूह ओर्लिएका छन्। ति दुवै समूह ६ अंकले उक्लिए। होटल सबैभन्दा धेरै ३७ अंकले ओर्लिएको छ। जलविद्युत ९, फाइनान्स ४, बिमा ७ र उत्पादन ६ र अन्य समूह ३ अंकले ओर्लिए।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ३ करोड ५९ लाखको कारोबार भयो। सानिमा बैंकको २ करोड ३३ लाखको सेयर खरिदबिक्री भयो।

फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाए। त्यस्तै साइन रेसुङ्गा विकास बैंकको मूल्य ४ प्रतिशतले बढ्यो। पोखरा फाइनान्स र कन्चन विकास बैंकका लगानीकर्ताले ५ प्रतिशत मूल्य गुमाए।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...