विद्युत्गृह बन्द, १० करोड बराबरको नोक्सानी



हाम्रो इकोनोमि

रसुवा । गएरातिको वर्षासँग मैलुङ र न्यामन्याम खोलामा आएको बाढीका कारण पाँच मेगावाट क्षमताको मैलुङ जलविद्युत् केन्द्र पूर्णरुपमा बन्द भएको छ ।

मैलुङ जलविद्युत् कम्पनीका प्राविधिक प्रमुख शरद बस्यालका अनुसार बाढीले उत्तरगया गाउँपालिका वडा नं १ को मैलुङ दोभानमा रहेको उक्त विद्युत्गृह बन्द भएको हो ।

बाढीले सडक तथा पेनस्टक पाइपलाई समेत क्षति पु¥याउँदा करिब रु १० करोड बराबरको नोक्सानी भएको बताइएको छ । उहाँका अनुसार विद्युत्गृह भने सुरक्षित रहेको छ ।

भत्केका संरचना मर्मत गरी छिटो विद्युत् उत्पादन गर्न प्राविधिक अध्ययन सुरु भइसकेको बस्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...

इरानको पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...