विद्युत्गृह बन्द, १० करोड बराबरको नोक्सानी



हाम्रो इकोनोमि

रसुवा । गएरातिको वर्षासँग मैलुङ र न्यामन्याम खोलामा आएको बाढीका कारण पाँच मेगावाट क्षमताको मैलुङ जलविद्युत् केन्द्र पूर्णरुपमा बन्द भएको छ ।

मैलुङ जलविद्युत् कम्पनीका प्राविधिक प्रमुख शरद बस्यालका अनुसार बाढीले उत्तरगया गाउँपालिका वडा नं १ को मैलुङ दोभानमा रहेको उक्त विद्युत्गृह बन्द भएको हो ।

बाढीले सडक तथा पेनस्टक पाइपलाई समेत क्षति पु¥याउँदा करिब रु १० करोड बराबरको नोक्सानी भएको बताइएको छ । उहाँका अनुसार विद्युत्गृह भने सुरक्षित रहेको छ ।

भत्केका संरचना मर्मत गरी छिटो विद्युत् उत्पादन गर्न प्राविधिक अध्ययन सुरु भइसकेको बस्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ...

कुलमानलाई बोलायो संसदीय समितिले

     ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास...

तत्काल निगमको डिपो स्थानान्तरण गर्न स्थानीयबासीको माग

    घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल

    नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण गरेका...