रुपन्देहीको मायादेवी गापामा काँग्रेस विजयी



हाम्रो इकोनोमि

लुम्बिनी । रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएका छन् ।

अध्यक्षमा ध्रुवनारायण चौधरीले दुई हजार ८१६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामअधारे यादवले दुई हजार २५२ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्षमा तारादेवी यादवले दुई हजार २१३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी मधेसी जनाधिकार फोरम लोकतान्त्रिककी राजकुमारी चौधरीले दुई हजार १६९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रुद्र पन्थीले जानकारी दिनुभयो ।

कुल २० हजार ८८६ मतदाता रहेको सो गाउँपालिकामा १६ हजार ८९७ मत खसेको थियो । तीमध्ये करिब १५ प्रतिशत मद बदर भएको निर्वाचन अधिकृत पन्थीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...