यार्साबाट एक दम्पतीको कमाई रु तीन लाख



हाम्रो इकोनोमि

दुनै (डोल्पा) । यहाँको त्रिपुरासुन्दरी नगरपालिकास्थित वडा नं २ रसीका बिमला कठायतका दम्पतीले प्रत्येक वर्ष यार्सागुम्बा सङ्कलनबाट रु तीन लाखसम्म कमाई गर्दै आएका छन् ।

श्रीमान् र आफू गरेर यस वर्ष जेठ पहिलो सातादेखि असार पहिलो सातासम्मको एक महिनाको अवधिमा ५०० वटा यार्सागुम्बा सङ्कलन गरेको र यसबाट रु तीन लाख बराबरको कमाई हुने उहाँको भनाइ छ । यस वर्ष सङ्कलन गरिएका यार्सागुम्बा खरिदका लागि व्यापारी नआएकाले बिक्री भएको छैन् एउटाको मूल्य रु ५०० देखि एक हजार ५०० सम्म पर्ने भएकाले यसबाट रु तीन लाख बराबरको आम्दानी हुने अनुमान अनुमान बिमलाको छ ।

“हाम्रा दम्पतीले प्रत्येक वर्ष यार्सागुम्बाबाट रु चार लाखसम्म कमाई गर्दै आएका छौँ यसबाट बालबालिकाको शिक्षा, स्वास्थ्य तथा वर्षभरि आइपर्ने गर्जो टार्न सहज हुनाका साथै बचेको पैसा बैंकमा जम्मा गर्दै आएका छौ ।” बिमलाले भन्नुभयो ।

बहुमूल्य जडीबुटी यार्सागुम्बा डोल्पालीका मुख्य आम्दानीको स्रोतका रुपमा रहँदै आएको छ । यस वर्ष स्थानीय चुनावले गर्दा भोट माग्न गाउँ पुगेका नेता तथा कार्यकर्तालाई खानबस्ने व्यवस्थापन गर्दै यार्सा टिप्न जान ढिला भएकाले अझ सोचे जतिको आम्दानी नभएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...