बम विस्फोटमा १९ जनाको मृत्यु, १२ घाइते



हाम्रो इकोनोमि

काठमाण्डौं । सिरियाको दमास्कसमा आइतबार भएको कार बम विस्फोटमा १९ जनाको मृत्यु भएको छ ।

सिरियाली प्रहरीले कारबम आक्रमणकारी भएको आशंकामा पिछा गरिरहेको अवस्थामा ताहरिर स्क्वायरमा प्रवेश गर्न सफल भएका एक जनाले विस्फोट गराएको बताइएको छ । अन्य दुई जनालाई भने प्रहरीले पक्राउ गरी विस्फोटक पदार्थलाई निष्क्रिय बनाएको थियो । राजधानी दमास्कसमा गत मार्चयताको यो ठूलो आक्रमण भएको बताइएको छ ।विस्फोटमा कम्तीमा पनि १२ जना घाइते भएका छन् । सरकारी टेलिभिजनले जनाएअनुसार आक्रमणकारीहरूले राजधानी दमास्कसको भीडभाड क्षेत्रलाई लक्षित गर्दै बम आक्रमण गर्ने योजनामा थिए ।

आक्रमणको अहिलेसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । दमास्कसमा गत मार्चमा भएको आक्रमणमा ४० जना मारिएका थिए भने त्यसको केही दिनमै अदालत भवनमा भएको विस्फोटमा ३१ जनाको मृत्यु भएको थियो । सिरियामा सन् २०११ मा सरकारविरोधी प्रदर्शनले गृहयुद्धको रूप लिएपछि अहिलेसम्म ३ लाख मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...