बम विस्फोटमा १९ जनाको मृत्यु, १२ घाइते



हाम्रो इकोनोमि

काठमाण्डौं । सिरियाको दमास्कसमा आइतबार भएको कार बम विस्फोटमा १९ जनाको मृत्यु भएको छ ।

सिरियाली प्रहरीले कारबम आक्रमणकारी भएको आशंकामा पिछा गरिरहेको अवस्थामा ताहरिर स्क्वायरमा प्रवेश गर्न सफल भएका एक जनाले विस्फोट गराएको बताइएको छ । अन्य दुई जनालाई भने प्रहरीले पक्राउ गरी विस्फोटक पदार्थलाई निष्क्रिय बनाएको थियो । राजधानी दमास्कसमा गत मार्चयताको यो ठूलो आक्रमण भएको बताइएको छ ।विस्फोटमा कम्तीमा पनि १२ जना घाइते भएका छन् । सरकारी टेलिभिजनले जनाएअनुसार आक्रमणकारीहरूले राजधानी दमास्कसको भीडभाड क्षेत्रलाई लक्षित गर्दै बम आक्रमण गर्ने योजनामा थिए ।

आक्रमणको अहिलेसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । दमास्कसमा गत मार्चमा भएको आक्रमणमा ४० जना मारिएका थिए भने त्यसको केही दिनमै अदालत भवनमा भएको विस्फोटमा ३१ जनाको मृत्यु भएको थियो । सिरियामा सन् २०११ मा सरकारविरोधी प्रदर्शनले गृहयुद्धको रूप लिएपछि अहिलेसम्म ३ लाख मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...