भूकम्प प्रभावितका लागि जग्गा दान



हाम्रो इकोनोमि

रसुवा । भूकम्प प्रभावितकोे बसोबासका लागि यहाँका एक दाताले निःशुल्क रुपमा जग्गा प्रदान गरेका छन् ।

गोसाइँकुण्ड गाउँपालिका वडा नं ३ बृद्धिम गाउँका ३३ वर्षीय टासी तामाङले रु ३८ हजार मूल्य बराबरको चार आना जग्गा सोही क्षेत्रकी छिरिङ पाल्मु तामाङलाई निशुल्क रुपमा प्रदान गर्नुभएको हो ।

किता नं ३७९ र रजिस्ट्रेसन नं १६०१ को उक्त जग्गा बकसपत्र मार्फत प्रदान गर्नुभएको मालपोत कार्यालय, रसुवाका प्रमुख गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

छिरिङ पाल्मुको साविक बसोबास गरेको स्थान भूकम्पपछि जोखिम बढ्दै गएकाले सेवा नै परम धर्म भन्ने भावनाका साथ बकसपत्रमार्फत घडेरी दान गरेको जग्गादाता टासीले बताउनुभयो ।

बसोबासमा समस्या परेका व्यक्तिलाई सबैले सहयोग गर्नु ठूलो धर्म हो, मरेपछि साथमा केही जाँदैन, बाँचुन्जेल सबैसँग मित्रभाव गरेर अगाडि बढ्न सबैमा उहाँले आग्रहसमेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...