भूकम्प प्रभावितका लागि जग्गा दान



हाम्रो इकोनोमि

रसुवा । भूकम्प प्रभावितकोे बसोबासका लागि यहाँका एक दाताले निःशुल्क रुपमा जग्गा प्रदान गरेका छन् ।

गोसाइँकुण्ड गाउँपालिका वडा नं ३ बृद्धिम गाउँका ३३ वर्षीय टासी तामाङले रु ३८ हजार मूल्य बराबरको चार आना जग्गा सोही क्षेत्रकी छिरिङ पाल्मु तामाङलाई निशुल्क रुपमा प्रदान गर्नुभएको हो ।

किता नं ३७९ र रजिस्ट्रेसन नं १६०१ को उक्त जग्गा बकसपत्र मार्फत प्रदान गर्नुभएको मालपोत कार्यालय, रसुवाका प्रमुख गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

छिरिङ पाल्मुको साविक बसोबास गरेको स्थान भूकम्पपछि जोखिम बढ्दै गएकाले सेवा नै परम धर्म भन्ने भावनाका साथ बकसपत्रमार्फत घडेरी दान गरेको जग्गादाता टासीले बताउनुभयो ।

बसोबासमा समस्या परेका व्यक्तिलाई सबैले सहयोग गर्नु ठूलो धर्म हो, मरेपछि साथमा केही जाँदैन, बाँचुन्जेल सबैसँग मित्रभाव गरेर अगाडि बढ्न सबैमा उहाँले आग्रहसमेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...