पूर्णिमा विकास बैंकको सेयर आजबाट निष्काशन



काठमाण्डौं । पूर्णिमा विकास बैंक लिमिटेडले आज (असार १९ गते)देखि २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन सुरु गरेको छ । साउन २२ गतेसम्म निष्काशन खुला रहने सेयरमा जेठ १५ गतेसम्म कायम सेयरधनीले आवेदन दिने पाउनेछन् ।

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । बैंकको हकप्रद सयर खरिदको लागि बैंकको प्रधान कार्यालय भैरहवा तथा सम्पुर्ण शाखा, सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल र सिद्धार्थ बैंकका सबै शाखा कार्यालयबाट आवेदन दिन पाइने जनाइएको छ।

पूर्णिमाले एक सय रुपैयाँ अंकित मूल्यमा आठ करोड ८० लाख ९६ हजार दुई सय ८२ रुपैयाँ बराबरको आठ लाख ८० हजार नौ सय ६२ दशमलव ८२ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल पूर्णिमा विकास बैंकको चुक्तापुँजी ३५ करोड रुपैयाँ छ । २५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४४ करोड रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्नो सेयरधनीलाई बोनस सेयर वितरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार