पूर्णिमा विकास बैंकको सेयर आजबाट निष्काशन



हाम्रो इकोनोमि

काठमाण्डौं । पूर्णिमा विकास बैंक लिमिटेडले आज (असार १९ गते)देखि २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन सुरु गरेको छ । साउन २२ गतेसम्म निष्काशन खुला रहने सेयरमा जेठ १५ गतेसम्म कायम सेयरधनीले आवेदन दिने पाउनेछन् ।

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । बैंकको हकप्रद सयर खरिदको लागि बैंकको प्रधान कार्यालय भैरहवा तथा सम्पुर्ण शाखा, सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल र सिद्धार्थ बैंकका सबै शाखा कार्यालयबाट आवेदन दिन पाइने जनाइएको छ।

पूर्णिमाले एक सय रुपैयाँ अंकित मूल्यमा आठ करोड ८० लाख ९६ हजार दुई सय ८२ रुपैयाँ बराबरको आठ लाख ८० हजार नौ सय ६२ दशमलव ८२ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल पूर्णिमा विकास बैंकको चुक्तापुँजी ३५ करोड रुपैयाँ छ । २५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४४ करोड रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्नो सेयरधनीलाई बोनस सेयर वितरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...