बेल्डाँडी गाँउपालिकामा एमाले विजयी



हाम्रो इकोनोमि

काठमाण्डौं । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा(एमाले)का उम्मेदवार विजयी भएका छन् ।

आइतबार राति अबेर निर्वाचन अधिकृतको कार्यालय बेल्डाँडीको घोषित परिणामअनुसार अध्यक्ष पदमा नेकपा(एमाले)का धनबहादुर थापा क्षेत्रीले तीन हजार २१५ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्द्रबहादुर सिंहले दुई हजार ५९६ मत ल्याउनुभएको छ ।

उपाध्यक्षमा एमालेका कमलादेवी कार्कीले तीन हजार १३७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका किस्नादेवी गिरीले दुई हजार २७५ मत ल्याउनुभएको छ ।

सो गाउँपालिकाको वडा नं १, २, ४ र ५ मा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार विजयी भएका छन् भने वडा नं ३ मा काँग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...