बेल्डाँडी गाँउपालिकामा एमाले विजयी



हाम्रो इकोनोमि

काठमाण्डौं । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा(एमाले)का उम्मेदवार विजयी भएका छन् ।

आइतबार राति अबेर निर्वाचन अधिकृतको कार्यालय बेल्डाँडीको घोषित परिणामअनुसार अध्यक्ष पदमा नेकपा(एमाले)का धनबहादुर थापा क्षेत्रीले तीन हजार २१५ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्द्रबहादुर सिंहले दुई हजार ५९६ मत ल्याउनुभएको छ ।

उपाध्यक्षमा एमालेका कमलादेवी कार्कीले तीन हजार १३७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका किस्नादेवी गिरीले दुई हजार २७५ मत ल्याउनुभएको छ ।

सो गाउँपालिकाको वडा नं १, २, ४ र ५ मा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार विजयी भएका छन् भने वडा नं ३ मा काँग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...