भ्याट आतंकले २२ अंकले झर्यो नेप्से, साँढे ५६ करोडको सेयर कारोबार



काठमाण्डौं । आइतबार नेप्से २१.९९ अंकले घटेर १५४१.८२ विन्दुमा झरेको छ । कुल १४८ कम्पनीको कारोबार भएको बजारमा ५६ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो ।

सबैभन्दा बढि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको पाँच करोड रुपैयाँको सेयर खरिद बिक्री भएको छ। कारोबार रकमका आधारमा स्ट्यान्डर्ड चाटर्ड बैंक दोस्रो स्थानमा छ। बैंकको तीन करोड ३२ लाख रुपैयाँको शेयर खरिद बिक्री भयो।

होटल र अन्यवाहेक सबै सुचक घटेका छन्। आठ समुहको कारोबार हुँदा बैंक २२.८७, विकास बैंक ३०.२१, जलबिद्युत २५.४२, फाइनान्स ६.५२, बीमा १२९.६६ र उत्पादनमूलक समूह २०.६८ अंकले घटेको छ। होटल ०.३३ र उत्पादन मुलक २.६१ अंकले बढेको छ।

बजार घटेको बेलामा पनि पोखरा फाइनान्सले १० प्रतिशत कमाएको छ। नेपाल धितो पत्र बोर्डले एफपीओ निस्कासन अनुमति दिएपछि पोखरा फाइनान्सको मूल्य बढेको हो। सबैभन्दा बढि एभरेस्ट बैंक (परिवर्तनीय) को शेयर मूल्य १० प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस
चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

दोहोरो अंकले बढ्यो सेयर बजार

    साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।

नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न

      नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले