सार्वजनिक स्थलमा सौर्य बत्ती जडान



हाम्रो इकोनोमि

काठमाण्डौं । बेनी नगरपालिकाको विभिन्न सार्वजनिक स्थलमा सडक सौर्य बत्ती जडान गरिएको छ । बेनी नगरपालिका कार्यालय मार्फत मङ्गलाघाट, बेनी, गलेश्वर र अर्थुङ्गेमा ३८ वटा सडक सौर्यबत्ती जडान भएको हो ।

गलेश्वरमा १०, अर्थुङ्गेमा चार, मङ्गलाघाटमा १३ र बजार क्षेत्रमा ११ वटा सोलार बत्ती जडान गरिएको बेनी नगरपालिका कार्यालयका इन्जिनियर विमल रञ्जन कार्कीले जानकारी दिनुभयो । केन्द्रीय अनुदान, नगरपालिका र उपभोक्ताको रु ३८ लाख ४० हजार लगानीमा सडक सौर्यबत्ती जडान गरिएको हो ।

गतवर्ष बेनीको १८ वटा सडक सौर्यबत्ती जडान भएको थियो । सौर्य ऊर्जाको सहायताले रातको समयमा स्वचालित रुपमा बल्ने बत्ती जडान गरिएको इन्जिनियर कार्कीले बताउनुभयो । सडक छेउमा ठड्याइएको फलामको पोलमा राखिएको एक सय वाटको सोलार प्यानल र १२ भोल्टको ब्याट्रीबाट २० वाटको बत्ती बाल्ने गरिएको छ ।

बजारको सुरक्षा र सर्वसाधारणको सुविधाका लागि सोलार बत्ती जडान भएपछि रातको समयमा सार्वजनिकस्थल उज्यालो बनेका छन् । रातको समयमा हुने चोरी, तोडफोड, झैझगडा नियन्त्रणमा सघाउन पुग्नुका साथै सर्वसाधारणलाई हिँडडुल गर्न सहज भएको गलेश्वर बजार विकास संस्थाका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
पेट्रोलमा इथानोल मिश्रण गर्ने तयारी, वार्षिक ६ अर्बभन्दा बढी रकम बचत हुने

      पेट्रोलको आयात प्रतिस्थापन गर्दै वातावरणमैत्री इन्धन वितरण गर्नका लागि सरकारले...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ...

कुलमानलाई बोलायो संसदीय समितिले

     ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास...