शान्तिनगर र यशोधरा गाउँपालिकामा काँग्रेस विजयी



हाम्रो इकोनोमि

तुलसीपुर(दाङ) । शान्तिनगर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

काँग्रेसका कमानसिंह डाँगीले तीन हजार ६३२ मत र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का विष्णु केसीले दुई हजार ५८३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा पनि काँग्रेसका मिथिला शाह तीन हजार ६३२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी खुमा पाण्डेले दुई हजार ६४९ मत प्राप्त गर्नुभएको छ ।

यशोधरा गाउँपालिकामा काँग्रेस विजयी

कपिलवस्तुको यशोधरा गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवैमा नेपाली काँग्रेसका उम्मेदवार विजयी बनेका छन् ।
मतगणनाको अन्तिम मतपरिणामअनुसार काँग्रेसका प्रमुख पदका उम्मेदवार गिरिजेशकुमार पाण्डेयले तीन हजार २७५ र उहाँका निकटम प्रतिद्वन्द्वी राजपा नेता स्वतन्त्र उम्मेदवार रामदेव कलवारले तीन हजार १५५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा काँग्रेसकी कन्यावती उपाध्याय दुई हजार ९५७ मत प्राप्त गरी विजयी बन्नुभएको छ । उहाँका निकट प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालकी राजमति यादवले एक हजार ७०९ मत प्राप्त गरेको मतगणनामा संलग्न प्रशासकीय अधिकृत पुनाराम पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...