हैजाबाट पन्ध्र सयको को मृत्यु



हाम्रो इकोनोमि

काठमाण्डौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) यमनमा फैलिएको हैजाबाट गत अप्रिलयता मृत्यु हुने सर्वसाधारणको सङ्ख्या एक हजार ५०० पुगेको बताएकोे छ ।

डब्लुएचओले हैजाका कारण यमनभर करिब दुई लाख ४६ हजार यमनी जनता बिरामी परेका जनाएको छ ।

यमनस्थित डब्लुएचओ प्रतिनिधि डा नेभिओ जागरियाले सानामा  एक पत्रकार सम्मेलन गरी भन्नुभयो, यमनमा हैजाका शङ्कास्पद बिरामीको सङ्ख्या दोस्रोपटक फैलिएको प्रकोपको सुरुवाती दिनको तुलनामा अहिले दैनिक दश गुनाले बढेको बताउनुभयो ।

दुई हप्ता पहिले डब्लुएचओले सार्वजनिक गरेको प्रतिवेदनमा उक्त प्रकोपका कारण एक हजार ३०० जनाको मृत्यु भएको र करिब दुई लाख शङ्कास्पद बिरामी देखापरेको बताइएको थियो ।

साउदी अरब नेतृत्वको दुई वर्ष लामो यमनी हुथी समूहविरुद्धको अभियानमा व्यापक भौतिक संरचनाको क्षति भएको र औषधिलगायतका आधारभूत सामग्रीको अभाव भएको कारण बिरामीको समयमा उपचार हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...