एभरेष्ट बैंकको १ करोड ५० लाख ८८ हजार कित्ता सेयर निष्कासन



हाम्रो इकोनोमि

काठमाडौं। एभरेष्ट बैंकले आजदेखि तीन शेयर बरावर एकको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ। बैंकले प्रति साधारण शेयर १०० रुपैयाँ बराबरको दरले एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रदबाट बिक्री गर्न लागेको जनाएको छ।

असार ६ गतेसम्म कायम भएका बैंकका शेयरधनीले साउन २२ गतेसम्म हकप्रद आवेदन दिन सक्नेछन्। बैंकको हकप्रद शेयरको आवेदन एनआइविएल क्यापिटल मार्केट तथा एभरेष्ट बैंकको केन्द्रिय तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन पाइने बताइएको छ।

बैंकको हालको चुक्ता पूँजी ४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। हकप्रदको निष्कासनपछि बैंकको चुक्ता पूँजी ६ अर्ब तीन करोड रुपैयाँ पुग्ने छ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...