पाँच पटक प्रधानमन्त्री बनेका थापाको जिल्ला एमालेको कब्जामा



हाम्रो इकोनोमि

धनकुटा । दोस्रो संविधानसभाको निर्वाचनमा धनकुटा क्षेत्र नं. २ मा प्रत्यक्ष सिट जितेको राप्रपाले स्थानीय तहको निर्वाचनमा एउटा वडा पनि जित्न सकेन । पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाको गृह जिल्ला धनकुटामा राष्ट्रिय प्रजातन्त्र पार्टी नराम्ररी पराजित भएको छ ।
पूर्वप्रधानमन्त्री थापाको गृह नगर पाख्रिवास नगरपालिकामा समेत राप्रपाले लज्जास्पद हार वेहोरको छ ।

थापा जन्मिएको पाख्रिवास नगरपालिकाअन्तर्गत वडा नं. ७ र ८ मुगामा राप्रपाले वडा सदस्य समेत जित्न सकेन । थापाको गाउँ मुगामा २ वडा छन् । त्यसमध्ये वडा नं. ७ मा राप्रपाले वडा अध्यक्षसहित प्यानल जित्ने अपेक्षा गरिएको थियो । तर, सो वडामा नेकपा एमालेका फडिन्द्रबहादुर तामाङले राप्रपाका कृष्णबहादुर थापालाई ८२ मतले पछि पार्दै एमालेले वडा कब्जा ग¥यो ।

थापाको गृह नगर भएकाले पनि पाख्रिवास नगरपालिकाका राप्रपाले जित्ने अपेक्षा गरिएको थियो । तर, पाख्रिवास नगरपालिकामा राप्रपाले तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।

पाख्रिवासमा नेकपा एमालेले १० वटै वडामा प्यानलसहित विजयी बन्दा नेपाली कांग्रेस, राप्रपा र नेकपा माओवादी केन्द्र पराजयले निरीह बन्न पुग्यो ।
राप्रपाका महामन्त्री तथा सांसद सुनीलबहादुर थापा र जिल्ला अध्यक्ष कुमारबहादुर थापाको गृहनगर पाख्रिवासमा राप्रपाले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ । यहाँ राप्रपाका श्यामबहादुर गुरुङले मेयर पदमा १ हजार ५ सय ६५ मत ल्याए ।
पाख्रिवासमा एमालेका वृषबहादुर राईले ४ हजार ४ सय ३९ मत ल्याएर मेयर बनेका छन् । संगठनात्मक रुपमा कमजोर मानिएको नेपाली कांग्रेसकी उम्मेदवार इन्दिरा थापाले भने १ हजार ६ सय २८ मत ल्याएर दोस्रो बनेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...