एक अर्ब बढीको सेयर कारोबार



काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ८५ करोड ५४ लाख ५७ हजार बराबरको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार बजार खुला रहने बिहीबार धितोपत्र दलाल सङ्घले मूल्य अभिवृद्धि कर तिर्ने वा नतिर्ने विषयमा आपत्ति जनाएपछि बजार बन्द भएको थियो । बाँकी दिनमा कुल १६० कम्पनीको ३४ लाख १४ हजार ५० कित्ता सेयर खरिद बिक्री भएको थियो ।

गत साता १६४ कम्पनीको रु दुई अर्ब ९६ करोड १९ लाख २० हजार रुपैयाँ बराबरका ५२ लाख ९२ हजार ६० कित्ता सेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा तीन दशमलव ९१ अङ्कले घटेर अन्तिम दिन एक हजार ५६३ दशमलव ८१ अङ्कमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव (९ अङ्कले घटेर ३३) दशमलव ६६ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा हिमालयन बैंक अग्रस्थानमा छ । सो बैंकको रु १२ करोड ६७ लाख १० हजार बराबरको सेयर कारोबार भएको थियो ।

यस्तै कारोबार भएको सेयर सङ्ख्याका आधारमा प्रभू बैंक लिमिटेड अग्रस्तानमा थियो । सो बैंकको छ लाख ५२ हजार कित्ता सेयर कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
दोहोरो अंकले बढ्यो सेयर बजार

    साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।

नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न

      नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले

सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुक बनाउँछौं : प्रधानमन्त्री

  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वाधार आयोजनाहरूमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न

बैंकहरूले आफ्ना कर्मचारीलाई १० अर्ब बोनस दिने

    बैंकको जागिरलाई निकै आकर्षक र सुरक्षित मानिन्छ । उनीहरूले पाउने लाभांशले