पारस र महबुब सिंगापुरको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने



हाम्रो इकोनोमि

काठमाण्डौं । नेपाली क्रिकेटका कप्तान पारस खड्का र अलराउन्डर महबुब आलमले सिंगापुरको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । पाँचौं सिंगापुर क्रिकेट क्लब अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी प्रतियोगिता अगस्ट ११ देखि १३ सम्म आयोजना हुनेछ ।

प्रतियोगितामा सिंगापुर क्रिकेट क्लब र सिंगापुर इमर्जिङ स्टार ११, भारतको मद्रास क्रिकेट क्लब, दक्षिण अफ्रिकाको रोवलिन नेसनल क्रिकेट एकेडेमी, अस्ट्रेलियाको सिड्नी क्रिकेट ग्राउन्ड र मेलबर्न क्रिकेट क्लब, श्रीलंकाको सिंहालिज स्पोटर््स क्लब, हङकङको कावलुन क्रिकेट क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

पारस र महुबबले सिंगापुर इमर्जिङ स्टारबाट खेल्ने छन् । पारसले आफूलाई सिंगापुर इमर्जिङले प्रतियोगितामा खेल्न बोलाएको र आफूले ट्वान्टी–ट्वान्टी क्रिकेट खेल्ने बताए । महबुबले आफूलाई सिंगापुरका खेलाडी धर्मीचन्द मुलेवाले आमन्त्रण गरेको बताए । उनले प्रतियोगितामा कीर्तिमान बलर मुथैया मुरलिधरनसहितका विश्व स्टार सहभागी हुनसक्ने आयोजकले बताएको जानकारी दिए । प्रतियोगिताभरका लागि १ हजार डलर माग पारिश्रमिक माग गरेको महबुबले बताए ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...