पारस र महबुब सिंगापुरको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने



काठमाण्डौं । नेपाली क्रिकेटका कप्तान पारस खड्का र अलराउन्डर महबुब आलमले सिंगापुरको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । पाँचौं सिंगापुर क्रिकेट क्लब अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी प्रतियोगिता अगस्ट ११ देखि १३ सम्म आयोजना हुनेछ ।

प्रतियोगितामा सिंगापुर क्रिकेट क्लब र सिंगापुर इमर्जिङ स्टार ११, भारतको मद्रास क्रिकेट क्लब, दक्षिण अफ्रिकाको रोवलिन नेसनल क्रिकेट एकेडेमी, अस्ट्रेलियाको सिड्नी क्रिकेट ग्राउन्ड र मेलबर्न क्रिकेट क्लब, श्रीलंकाको सिंहालिज स्पोटर््स क्लब, हङकङको कावलुन क्रिकेट क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

पारस र महुबबले सिंगापुर इमर्जिङ स्टारबाट खेल्ने छन् । पारसले आफूलाई सिंगापुर इमर्जिङले प्रतियोगितामा खेल्न बोलाएको र आफूले ट्वान्टी–ट्वान्टी क्रिकेट खेल्ने बताए । महबुबले आफूलाई सिंगापुरका खेलाडी धर्मीचन्द मुलेवाले आमन्त्रण गरेको बताए । उनले प्रतियोगितामा कीर्तिमान बलर मुथैया मुरलिधरनसहितका विश्व स्टार सहभागी हुनसक्ने आयोजकले बताएको जानकारी दिए । प्रतियोगिताभरका लागि १ हजार डलर माग पारिश्रमिक माग गरेको महबुबले बताए ।

प्रतिक्रिया दिनुहोस
पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

      एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका

क्यानको केन्द्रीय सचिवमा उम्मेदवारी दिने पारसको तयारी

      नेपाल क्रिकेट संघ (क्यान)को बागमती अध्यक्षमा निर्वाचित भएका राष्ट्रिय क्रिकेट

कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

    कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल मलेसियामा जारी आईसीसी वुमन्स टी-२०

क्लिफमा तयार भयो वाल क्लाइम्बिङ, कति लाग्छ शुल्क ?

    विभिन्न रेकर्डधारी बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेन्चर सन्चालनमा ल्याएको द