हेर्नुहोस् सुनसरीको हालसम्मको मत परिणाम



हाम्रो इकोनोमि

इटहरी । सुनसरी जिल्लाको पछिल्लो मत गणनाको नतिजानुसार धरान र इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसको अग्रता यथावत् छ ।

इटहरीमा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार रोहितकुमार प्रसाईंले दुई हजार आठ सय १५ तथा उपप्रमुखमा विमला ढकालले दुई हजार आठ सय १४ मत प्राप्त गरी अग्रता दिनुभएको छ ।

नेकपा (एमाले)का प्रमुखका उम्मेदवार द्वारिकलाल चौधरीले दुई हजार चार सय ९३तथा उपप्रमुखक उम्मेदवार लक्ष्मी गौतमले दुई हजार चार सय १३ मत ल्याउनुभएको छ । इटहरी–१ मा काँग्रेसका विष्णु चौधरीको समूहले विजय प्राप्त गरिसकेको छ ।

यसैगरी धरानमा प्रमुखका उम्मेदवार तिलक राईले एक हजार आठ सय ३९ र उपप्रमुखका उम्मेदवार श्यामा रेग्मीले एक हजार आठ सय २९ मत प्राप्त गरी अग्रस्थान ओगट्नु भएको छ । त्यहाँ एमालेका प्रमुखका उम्मेदवार तारा सुब्बाले एक हजार पाँच सय ६६ र उपप्रमुखका उम्मेदवार मञ्जु भण्डारीले एक हजार छ सय ६३ मत ल्याई काँग्रेसलाई पछ्याइरहनुभएको छ । धरान–१ बाट काँग्रेसका रोशन अधिकारी र २ बाट माधवगोविन्द श्रेष्ठको समूह नै विजयी भएको छ ।

त्यस्तै दुहवी नगरपालिकामामा नेपाल लोकतान्त्रिक फोरमका प्रमुखका उम्मेदवार वेदनारायण गच्छदारले दुई हजार चार सय ९८ र उपप्रमुखका उम्मेद वार सुनिता दाहाल शाहले दुई हजार चार सय ५२ मतसहित अग्रता कायम गरिरहनुभएको छ । त्यहाँ एमालेका प्रमुखका उम्मेदवार विनय पोख्रेलले दुई हजार दुई सय ३४ र उपप्रमुखका उम्मेदवार चन्द्रकला विश्वासले दुई हजार चार सय ५७ मत ल्याउनुभएको छ । दुहवी –१२ बाट भने काँग्रेसका खुसीलाल चौधरीले वडाध्यक्षसहित सबै सदस्य पदमा विजय प्राप्त गर्नुभएको छ ।

त्यस्तै रामधुनी नगरपालिकामा पनि काँग्रेसका प्रमुख जयप्रकाश चौधरीले दुई हजार ७२ र उपप्रमुख विजया कटवालले एक हजार पाँच सय तथा एमालेका नन्दकुमार बस्नेतले एक हजार दुई सय ७० र उपप्रमुख सविना चौधरीले एक हजार पाँच सय २१ मत ल्याउनुभएको छ । रामधुनी नगरपालिका–१ बाट काँग्रेसका महेश चौधरीले वडाध्यक्षसहित सबै पदमा विजय प्राप्त गरिसक्नुभएको निर्वाचन अधिकृतले जानकारी दिनुभयो ।

बराह र इनरुवा नगरपालिकामा पनि काँग्रेसले अग्रता लिइरहेको सुनसरीका प्रजिअ गोपालप्रसाद गुरागाईंले जानकारी दिनुभयो । गाउँपालिकाको मतगणनाको नतिजा सार्वजनिक हुन ढिलाइ भइरहेको बताइएको छ । कतिपय निर्वाचन अधिकृतले सूचना दिने कार्यमा कन्जुस्याइँ गरिरहेको प्रति गुनासो बढिरहेको छ । जिल्ला निर्वाचन कार्यालयले समेत सूचना नपाएको निर्वाचन अधिकृत जानकी कर्णले गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...