५ उपमहानगरपालिकामा एमालेको जित सुनिश्चित



हाम्रो इकोनोमि

काठमाडौँ । पहिलो चरणको स्थानीय निर्वाचनमा ३ महानगरपालिका सहित दर्जनौ उपमहानगरपालिका र गाउँपालिकामा  जित हासिल गरी पहिलो पार्टी बनेको नेकपा एमाले दोस्रो चरणको निर्वाचनमा पनि लगभग पहलो पार्टी बन्ने निश्चित भएको छ ।

दोस्रो स्थानीय निर्वाचनमा पनि नेकपा एमालेले कांग्रेसको किल्ला तोड्दै पहिलो पाटीए बन्ने निश्चित देखिएको हो ।
अहलेसम्मको नतिजा हेर्दा घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरी १२७४४ मतका साथ अग्रता लिईरहेका छन् । प्रतिद्धन्दी ९३०७ मतले पछ्याईरहेको छन् ।

तुल्सीपुर उपमहानगरपालिकामा एमालेका घनश्याम पाण्डे ६८८७ मतले अग्रता लिईरहेका छन् भने उनका प्रतिद्धन्दी कांग्रेसका महेन्द्र गिरीले ४८६५ ले पछ्याईरहेका छन् । बुटवल उपमहानगरपालिकामा एमालेका शिवराज सुवेदी ८२३६ मतले अग्रता लिईरहेका छन् भने कांग्रेका खेलराज पाण्डेले ७५८४ मतले पछ्याईरहेका छन् । त्यस्तै इटहरी उपमहानगरपालिकामा द्धारीकालाल चौधरीले ५४३३ मत ल्याएका छन् भने उनको प्रतिद्धन्दी कांग्रेसका रोहित प्रसाईले ५३०४ मतले पछ्याईरहेका छन् । धरान उपमहानगरपालिकामा पनि तारा सुव्बा अगाडी रहेका छन्  । अहिले सम्म पाँच उपमहानगरपालिकामा ऐमालेको अग्रता कायम छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...