५ उपमहानगरपालिकामा एमालेको जित सुनिश्चित



हाम्रो इकोनोमि

काठमाडौँ । पहिलो चरणको स्थानीय निर्वाचनमा ३ महानगरपालिका सहित दर्जनौ उपमहानगरपालिका र गाउँपालिकामा  जित हासिल गरी पहिलो पार्टी बनेको नेकपा एमाले दोस्रो चरणको निर्वाचनमा पनि लगभग पहलो पार्टी बन्ने निश्चित भएको छ ।

दोस्रो स्थानीय निर्वाचनमा पनि नेकपा एमालेले कांग्रेसको किल्ला तोड्दै पहिलो पाटीए बन्ने निश्चित देखिएको हो ।
अहलेसम्मको नतिजा हेर्दा घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरी १२७४४ मतका साथ अग्रता लिईरहेका छन् । प्रतिद्धन्दी ९३०७ मतले पछ्याईरहेको छन् ।

तुल्सीपुर उपमहानगरपालिकामा एमालेका घनश्याम पाण्डे ६८८७ मतले अग्रता लिईरहेका छन् भने उनका प्रतिद्धन्दी कांग्रेसका महेन्द्र गिरीले ४८६५ ले पछ्याईरहेका छन् । बुटवल उपमहानगरपालिकामा एमालेका शिवराज सुवेदी ८२३६ मतले अग्रता लिईरहेका छन् भने कांग्रेका खेलराज पाण्डेले ७५८४ मतले पछ्याईरहेका छन् । त्यस्तै इटहरी उपमहानगरपालिकामा द्धारीकालाल चौधरीले ५४३३ मत ल्याएका छन् भने उनको प्रतिद्धन्दी कांग्रेसका रोहित प्रसाईले ५३०४ मतले पछ्याईरहेका छन् । धरान उपमहानगरपालिकामा पनि तारा सुव्बा अगाडी रहेका छन्  । अहिले सम्म पाँच उपमहानगरपालिकामा ऐमालेको अग्रता कायम छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...