रामपुर–२ मा काँग्रेस, ९ मा एमाले



हाम्रो इकोनोमि

रामपुर नगरपालिका वडा नं २ मा काँग्रेस र ९ मा एमालेको पूरै समूह विजयी भएका छन् । वडा नं २ मा काँग्रेसका ताराबहादुर थापासहितको समूह विजयी भएको छ । थापाले पाँच सय ६८ र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का पदमबहादुर कुमालले तीन सय २७ मत ल्याउनुभएको छ ।

त्यसै गरी वडा नं ९ मा एमालेका इच्छाराम सिञ्जालीसहितको समूह निर्वाचित भएको छ । सिञ्जालीले छ सय ६७ उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका ज्ञानबहादुर गाहाले पाँच सय ७१ मत पाउनुभएको छ । वडा नं १ र १० को शुक्रबार नै मत परिणाम सार्वजनिक भइसकेको छ भने अहिले वडा नं ३ र ८ को मतगणना भइरहेको छ ।
निस्दीमा एमाले
निस्दी गाउँपालिकामा एमालेका मुक्तबहादुर सारु विजयी हुनुभएको छ । उहाँले पाँच हजार तीन सय २० र उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शालिकराम पाण्डेयले दुई हजार दुई सय ५३ मत ल्याउनुभएको छ ।

यस्तै गाउँपालिका उपाध्यक्षमा एमालेकै रीता अर्याल निर्वाचित हुनुभएको छ । अर्यालले पाँच हजार दुई सय ५६ र उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बलु गैरेले दुई हजार एक सय ८५ मत पाउनुभएको छ ।

निस्दी गाउँपालिकाका सात वटा वडामध्ये १ र ७ मा काँग्रेसको समूह तथा २, ३, ४, ५ र ६ मा एमालेको समूह विजयी भएको निर्वाचन अधिकृत कार्यालयका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

वडा नं १ मा काँग्रेसका पूर्णबहादुर खाँण, २ मा एमालेका पूर्णबहादुर बाकाबल, ३ मा लक्ष्मीप्रसाद पाटा मगर, ४ मा नीरबहादुर सुनारी, ५ मा भीमबहादुर सुनारी, ६ मा मेखबहादुर सुनारी तथा ७ मा काँग्रेसका गगनसिं सोती निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...