तराईमा राजपा र माओवादीका नेता धमाधम एमालेमा प्रवेश



हाम्रो इकोनोमि

काठमाडौँ । प्रदेश नम्बर २ का जिल्लामा राष्ट्रिय जनता पार्टी र नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका छन् । तराईमा कम्युनिस्ट आन्दोलनका संस्थापक सूर्यनाथ यादवका छोरा प्रमोद र वरिष्ठ संस्कृतिकर्मी रमेशरञ्जन झा शनिबार एमाले प्रवेश गरेपछि तराईक जिल्लामा छुट्टै रक्तसञ्चार भएको छ ।

एमाले मुख्यालय धुम्बाराहीमा भएको कार्यक्रममा यादव र झासहित सयौँ नेता कार्यकर्ता एमाले प्रवेश गरे । नेपालको कम्युनिस्ट आन्दोलनमा दुई धारमा बाँडिएका बेलादेखि नै सूर्यनाथ यादवलाई चौथो महाधिवेशन समूहको तराईमा खम्बा मानिन्थ्यो । चौथो महाधिवेशनदेखि माओवादीसम्म आइपुग्दा देहावसान भएका सूर्यनाथका छोरा प्रमोद पछिल्लो समय माओवादीबाट अलग भएर क्रान्तिकारी माओवादी पार्टी गठन गरी र।ाजनीतिमा सक्रिय भएका थिए । प्रमोद शनिबार एमाले प्रवेश मात्रै गरेनन्, आफू नेतृत्वको पार्टी एमालेमा समाहित भएको घोषणा गरे ।

यस्तै एमाले छोडेर माओवादीमा गएका संस्कृतिकर्मी रमेशरञ्जन झा शनिबार नै एमालेमा फर्किएका छन् । उनी रामचन्द्र झासँगै एमालेबाट माओवादीमा गएका थिए । नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य झाले एमाले मुख्यालयमा आयोजित समारोहमा आफू विभिन्न नयाँ अनुभव संगालेर पुरानै घर फर्किएको बताए । एकसाताअघि राष्ट्रिय जनता पार्टीका सहमहामन्त्री समिम मिया अन्सारी एमाले प्रवेश गरेका थिए भने लहानका पूर्वमेयर मुन्नी साहसहित माओवादीका तीन पूर्वसांसद एमाले प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...