तुल्सीपुरलाई नमूना उपमहानगरपालिका बनाउनेछु



घनश्याम पाण्डे, मेयरका उम्मेदवार, नेकपा एमाले

निर्वाचनको तयारी के  छ ?
चुनावी तयारीका सन्दर्भमा नेकपा एमालेका तर्फबाट हामीले  वै शाख ३१ लाई नै  लक्ष्यित गरे र व्यवस्थित चुनावी अभियान शुरु गरे का थियौँ  । निर्वाचनको मिति सनेर्  काम भए पनि पार्टीका तर्फबाट गर्ने सबै  तयारी पूरा गरिसके का छौँ  । जस्तो  तुलसीपुर उपमहानगरपालिकाका १९ वटै  वडा र टो लमा संगठन कमिटी निर्माण गरिएको  छ भने  नगरस्तरको  समन्वय कमिटी पनि गठन भइसके को  छ  । त्यस् तै,  प्रचारलाई व्यवस्थित बनाउन प्रचारप्रसार समिति पनि बनाएका छौँ ।

प्रचारलाई जनताको  घरदै लो मा पु¥याउने  काम पनि गरे का छौँ । अकोर्  कुरा, एमाले ले  उपमहानगरका १९ वटै  वडाका अध्यक्षलगायत सदस् य, महिला सदस् य र दलित महिला सदस् य र उपमहानगरको  मे यर, उपमे यरको  समे त टुंगो  लगाएर घरदै लो मा पुग्ने  काम भइरहे को  छ । त्यस् तै,  सूर्य चिन्ह लिएर आम मतदातासमक्ष पुग्ने  काम पनि भएको  छ । यद्यपि उम्मे दवारका  हिसाबले  पुनः मतदाता भे टघाट पनि भइरहे को  छ । त्यसै ले  चुनावी माहो ल तातिएको  छ, जनलहर पनि उत्तिकै  छ ।

नेताहरुले मतमात्रै  माग्छन्, मत हाल्ने  तरिका कसै ले  सिकाउँदैनन् भन्ने  गुनासो  सुनिन्छ । तपाईंले मतदान गर्ने तरिका सिकाउनु भएको छ कि छैन ?

मत मात्रै  माग्दै नौँ, मतदाता शिक्षाको  काम पनि हामीले  गरिरहे का छांै  । हुन त मतदाता शिक्षाको  काम निर्वाचन आयो गले  गरिरहे को  छ  । तै पनि हामीले  जनताको  घरदै लो मा पुगे र तीनवटा कुरालाई महत्त्वका साथ अगाडि बढाएका छौ ँ । पहिलो  कुरा, नेकपा एमाले ले  राष्ट्रियताका निम्ति निर्वाह गरे को  भूमिका, सामाजिक सुरक्षा र खासगरी वृद्धभत्ताको  कुरा र आफ्नो  गाउँ आफैँ बनाउँ भन्ने  कार्यक्रमका निम्ति विगतमा गरे का गौ रवशाली कार्यलाई जनताका बीचमा लगे का छौँ । दो स्रो  कुरा, एमाले ले  चुनाव जिते  के  गर्छ भन्ने  एजे न्डाका विषयलाई मतदातामाझ लगे का छाँै  भने  ते स्रो  कुराचाहिँ, यो  निर्वाचन भने को  लो कतन्त्रको  सुन्दर पक्ष हो  । व्यक्तिले  हिजो  कहाँ के  मा भो ट हाल्यो  भन्ने  आफ्नो  ठाउँमा हो ला तर जनता सधैँ परिवर्तनकामी हुन्छन् र परिवर्तनका पक्षमा लाग्छन् । त्यस् तो  अमूल्य भो ट खे र नजाओस् भन्ने  हिसाबले  उहाँहरुसमक्ष मतदाता शिक्षाको  कार्यक्रम लिएर गएका छौँ ।

तपार्ईंका चुनावी एजेन्डा के छन् ?
तुलसीपुर उपमहानगरपालिकालाई ने पालकै  एउटा नमूना नगरको  रुपमा विकास गर्ने हो  । सात सय ४४ स् थानीय सरकारमध्ये  तुलसीपुर उपमहानगरपालिका नमूना बनाउने छाँै  । जसलाई हामीले  समृद्ध, सफा, हरित र जनसहभागिता भएको  उपमहानगरको  रुपमा विकास गर्नेछौँ  । हाम्रो  भिजन के  हो  भने  तुलसीपुर ने पालको  पवित्र गन्तव्यस् थलका रुपमा, सुन्दर गन्तव्यस् थलका रुपमा यसलाई विकास गर्छाैँ । युवाका सपना कुल्चिएका, मरे का र बाटो  नपाएका अन्य नागरिकका सपनालाई फूलको  थुंगाझँै  उने र माला बनाउँछौँ । त्यो  माला बनाउने  नगरबासीको  सपनालाई साकार बनाउँछौँ । सुन्दर, हरियाली, स् वच्छ र समृद्ध उपमहानगर बनाउने  हाम्रो  लक्ष छ ।

अलि प्रष्ट भनिदिनोस् न ।
तुलसीपुर उपमहानगरपालिकाका सबै  वडालाई जो ड्ने  सडकलाई पाँच वर्षभित्र कालो पत्रे  गर्छौ, टो ल जो ड्ने  सडकलाई सके  कालो पत्रे  नसके  ग्राभे ल गछौँ । आउने  पाँचवर्षमा नगरका कुनै  पनि घर सडक सञ्जालबाट बाहिर हुने छै नन् । शुद्ध खाने पानीका लागि सबै  घरमा धारा, धारा नपुग्ने  ठाउँमा कुवा र धारा र कुवा पनि नहुने  ठाउँमा हामीले  आधुनिक प्रविधिको  प्रयोग गरी खाने पानीको  उपलब्ध गराउने छाँै । तुलसीपुरमा धे रै  कृषि क्षे त्र छ  । त्यसको  उपयो ग नीति हामीले  बनाउने छौँ  । खासगरी कहाँ हरियाली बढाउने , औ द्यो गिक क्षे त्र , पर्यटकीय क्षे त्र , सामुदायिक वनक्षेत्र , शहरी क्षे त्र , निजीवनको  विकास, कृषि उत्पादन विधिको  खाका तयार गर्र्र्र्र्र्नेछौँ । उदाहरणका लागि कृषि, खाने पानी, विद्युत् र पर्यटनलाई एकआपसमा जोड्छौँ  ।

त्यसका लागि हामीले  दाङको  उत्तरी बे ल्टबाट बग्ने  खो लाको  मुहानमा प्राविधिक अध्ययन गरे र उपयुक्त ठहरिने  भए त्यसलाई हामीले  ड्याम निर्माण गर्र्ने ताकि त्यहाँ वरिपरिका जनतालाई पछि जो खिम नहो स् । जसबाट खाने पानी, सिञ्चाइँ र अझ ऊर्जा उत्पादनका  लागि समे त सदुपयो ग गनेर्  यो जना बनाएका छौँ । अझै  भन्ने  हो  भने  त्यो  ठाउँमा माछापालनको  रुपमा प्रयो ग गर्र्ने, त्यो  ठाउँमा गएर मनो रञ्जनका लागि पनि सदुपयो ग गर्न सकिन्छ । जस्तो  पातुखो ला, गहते खो ला, ग्वारखो ला, भमके खो ला यी ठाउँको  मुहानमा यस्तो  काम गर्न सकिन्छ भने  दक्षिणी क्षेत्रमा पनि त्यो  सम्भावना छ ।

त्यस्तै , बबईखो लामा दुवै तर्फबाट तटबन्धन गर्ने, बाँध बाँध्ने  र सिञ्चाइँ नपुग्ने  स् थानमा बबईको  पानीलाई लिफ्ट गरेर सिञ्चाइँको  व्यवस् था गर्ने र बबईको  दायाँबायाँ क्षे त्रमा हरियाली र सडकको  विकास गर्ने, त्यहाँ भएको  कृषि क्षे त्रको  संरक्षण गनेर्  र तुलसीपुरबासीका निम्ति एउटा पवित्रस्थल बबई सभ्यता र संस्कृतिको  विकास गर्ने योे जना छ । यसो  गर्दा खाने पानी, सिञ्चाइँको  समस्यालाई समाधान गर्छौँ । त्यो  पूर्वाधार हामीले  तयार गर्छौँ । यसै गरी, तुलसीपुर भने को  गाउँबाट बजार, बजारबाट नगर र नगरबाट शहरमा रुपान्तरित हँुदैछ  । एउटा शहर हुँदाबित्तिकै  त्यहाँ उच्च शिक्षा हुन आवश्यक छ  ।

हामीसँग ने पाल संस्कृत विश्वविद्यालय छ  । त्यो  संस् कृत विश्वविद्यालय तालाझुण्डी विश्वविद्यालयको  रुपमा विकसित भएको  छ  । त्यस् तो  ताला झुन्ड्याउने  कार्य सदाका लागि अन्त्य गर्दै ने पाल संस् कृत विश्वविद्यालयलाई विश्वभर खासगरी पूर्वीय दर्शन, संस्कृति, साहित्य, आयुर्वेद र यो गाको  के न्द्रका रुपमा विकास गर्छौं । जहाँ विश्वका विभिन्न दे शबाट संस्कृत भाषा, साहित्य, आयुर्वेद, योगा सिक्न तुलसीपुरमा आउने  वातावरण निर्माण गर्नेछौँ  । यस् तै, शिक्षाक्षे त्रमा उपमहानगरपालिकाभित्र रहे का सम्पूर्ण विद्यालयको  भौ तिक अवस्था सुधार, त्यहाँ हुने  पठनपाठनलाई गुणस्तरीय बनाउँछौँ  र त्यहाँका शिक्षक, अभिभावक र विद्यार्थीको  अन्तरसम्बन्धलाई विकास गर्छौँ । त्यसो  गरेपछि सबै  सरकारी विद्यालयको  गुणस् तरलाई थप प्रभावकारी बनाउँछौँ ।

सँगसँगै  जहाँ उच्चशिक्षा पढ्न नसके र प्राविधिक विषय पढ्न चाह्यो  भने  सीपयुक्त प्राविधिक विषयको  पठनपाठन सञ्चालन गर्ने काम हामीले  गर्नेछौँ । त्यस् तै  जीवनोपयोगी शिक्षाका लागि पनि पहल गर्नेछौँ  । खासगरी उपमहानगरपालिकाभित्र कम्तीमा एउटा इञ्जिनियरिङ कले ज स् थापना गछौँ , कम्तीमा कृषि र वनसम्बन्धी पठनपाठनका लागि एउटा कलेज स् थापना गर्छौँ , त्यस्तै , हो टे ल व्यवस् थापन र पर्यटन शिक्षाका लागि पहल गर्नेछौँ, यसका लागि उपमहानगरपालिका मात्रै  हो इन, यहाँका शिक्षाविद्, बुद्धिजीवी, लगानीकर्ताको  सहयो ग खोजिनेछ  । यसो  गर्न सकियो  भने  तुलसीपुुरलाई एजुके सन सिटीका रुपमा स् थापित गर्नेछौँ ।

स्वास्थ्य र रोजगारका  विषय प्राथमिकतामा पर्दैनन् ?
अवश्य पनि स् वास् थ्यका लागि यहाँ सञ्चालनमा रहेका संस्थालाई स्तरोन्नति गर्ने  र नयाँ ठाउँमा उपचार के न्द्र विकास गर्न हामीले  यो जना बनाएका छौँ  । खासगरी १९ वटै  वडामा एमबिबिएस डाक्टरसहितको  स् वास् थ्य कार्यालय सञ्चालन गरिने छ । अहिले  बजार केन्द्रित एम्बुलेन्स वडाकेन्द्रित बनाउँछौँ  । उहाँहरु जानुभएन भने  उपमहानगरपालिकाले  नै  वडाबाट एम्बुलेन्स सेवा सञ्चालन गर्ने व्यवस् था गरिने छ । तुलसीपुरमा ब्लड बैंक तत्काल सञ्चालनमा ल्याउने छौँ । अहिले का वडा कार्यालय सरकारका से वाकेन्द्र हुन्  ।

उनीहरुलाई भौ तिक पूर्वाधारयुक्त बनाउँछौँं र कार्यालय वरपर साना शहरको  विकास गर्र्छौँ । अब बनाउने  संरचना बालमैत्री, अपांगमैत्री, ज्ये ष्ठ नागरिकमैत्री हुनेछन् । सरकारी संरचनामात्रै  हो इन निजीक्षे त्रलाई पनि त्यत्तिकै  सुविधायुक्त बनाउने  मापदण्ड बनाएर लागु गरिनेछ । र, ज्ये ष्ठ नागरिकका निम्ति विशेष ज्ये ष्ठ नागरिक हस्पिटल स् थापना गर्छौँ । नगरभित्र को मध्यपश्चिम क्षे त्रीय आयुवेर् द अस् पताल, राप्ती अञ्चल अस्पताल, राप्ती अञ्चलस् तरीय आयुर्वेद अस् पताल र राप्ती आँखा अस्पतालको  क्षमता विकास, भौ तिक पूर्वाधार विकास र भविष्यमा कम्तीमा मेडिकल कलेज सञ्चालन गर्नसक्ने  अवधारणा ल्याएका छौँ  । तुलसीपुर उपमहानगरपालिका एउटा पवित्र वृक्ष तुलसीको  नामबाट शुरु भएको  छ  । यो  आयुर्वेद र संस्कृतिसँग नाम जोडिएको  हुनाले  यो  संसारका निम्ति आयुर्वेद मेडिसिन, जनरल मे डिसिन, जनरल एजुकेसन र टे क्निकल एजुके सनको  हबका रुपमा विकास गर्छौँ । यसले  वरिपरिका क्षे त्रमा धेरै  रोजगारीको  सिर्जना हुन्छ ।

चुनावी एजेन्डा कार्यान्वयन गर्न त गाह्रो  हो ला नि ?
यहाँ समस्या के  भयो  त भन्दा हरे क संस्था, संरचना, समूहमा हामी कहाँ जाने  भन्ने  कुरा प्रष्ट नहुने , त्यो  गन्तव्यमा पुग्ने  यो जना नहुने  र त्यो  गन्तव्यलाई पछ्याउने  कार्ययो जना नहुने  समस्या छ  । तर हामीसँग, ने कपा एमालेसँग तुलसीपुरको  समृद्धि ल्याउने  सपना छ, त्यसलाई कार्यान्वयन गर्ने यो जना छ र योजनालाई पछ्याउने  हामीसँग राजनीतिक शक्ति पनि छ । यो  सबै  काम गर्न सबै भन्दा पहिला नागरिकसँग सम्वाद गर्छौँ । नागरिकलाई यो  क्षे त्रमा लाग्न अपिल गर्छौँ, अर्को कुरा त्यसका लागि लाग्ने  बजेट, स्रोतका लागि भ्रष्टाचारलाई शून्यमा झारेर व्यवस्थापन गर्छौँ । यस्तै, ने पालजस्तो  देशलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा सहयो ग गर्र्ने सहयो गी हातको  समस्या छैन । तर सहयो गी हात भएका संस्थालाई सरकारलाई कहाँ सहयो ग गर्ने योजना छैन, त्यो  यो जना हामी प्रस्तुत गछौँं ।

विश्वका महानगर र नगरपालिकासँग, विश्वका विकास साझे दार संस् थासँग स् वदे शकै  निजीक्षे त्रसँग यहाँको  उद्यो ग वाणिज्य संघ, हो टे ल व्यवसायी संघ, सहकारी, सामुदायिक वन यी सबै लाई परिचालन गर्छौँ । समृद्धिको  सपना मे रो  व्यक्तिगत मात्र होइन, समृद्धिको  सपना त हरे क नगरबासीको  पनि हो  । यो  सबै  गरियो  भने  तुलसीपुर उपमहानगरपालिका दे शकै  नमूना बन्ने  छ । यो  ‘ड्रिम सिटी’ हुनेछ ।

ड्रिम सिटीभित्र यहाँका मौलिक संस्कार, संस्कृति अट्छन त ?
अवश्य पनि । यहाँका मौ लिक कला, संस् कृति, संस् कारलाई जीवन्त राखे र, जगेर्ना गरे र यसलाई ड्रिमसिटीको  रुपमा विकास गर्ने हो  । खासगरी दाङको  सन्दर्भमा तीनवटा सांस्कृतिक पक्षलाई उजागर र संरक्षण गर्ने योजनामा हामी छाँै  । पहिलो  कुरा थारु संस् कृति र भाषाको  कुरा हो  । यहाँ थारु समुदायको  बाहुल्यता छ । त्यसको  संरक्षणका निम्ति हामीले  तुलसीपुर उपमहानगरपालिकामा थारु भाषालाई कामकाजी भाषाको  रुपमा प्रयो ग गर्नेर्छौँ । जसले  उपमहानगरपालिका यो  बहुल जातिको  घरको  रुपमा स्थापित हुनेछ  । थारु संस्कृति र इतिहाससँग जो डिएको  दंगीशरणलाई हामीले  संरक्षण गर्नेछौँ  ।

भुयारथानको  संरक्षण गर्नेछौँ । दोस्रो  कुरा भनेको  यहाँको  आयुर्र्वेद र संस्कृत शिक्षासँग जो डएको  कुरा हो  र योसँग जोडिएको  कुरा बबई सभ्यता र कोट सभ्यता हो  । पहिले  हाम्रा पूर्खाहरु गर्मीको  समयमा चिसो  खान पहाड चढ्ने  र जाडोको  समयमा दाङ आउने  चलन थियो  । त्यसले  मान्छे  स्वस् थ बनाउँथ्यो  । अहिले  पनि दाङमा छिल्लीकोट, मुलकोट, स्वीकोटजस् ता कोट छन् । यिनीहरुलाई कोट सभ्यताको  प्रतीकका रुपमा र पर्यटकीय क्षे त्रको  रुपमा विकास गरेर त्यसलाई हिल स्टेसनका रुपमा विकास गर्नेछौँ  । गर्मीले  छटपटाइरहेको  अवस्थामा कोटमा पुग्ने  रमाइलो  गर्ने स् थानको  रुपमा विकास गर्र्ने हो  । अहिले  त्यो  क्षे त्र सबैभन्दा दुःखको  ठाउँ भएको  छ । तर भोलि त्यो  सबै भन्दा आनन्द र सुखको  ठाउँ हुने छ । तेस्रो  भने को  यो  क्षे त्रमा हिन्दु, इसाई, बौद्धलगायतका विभिन्न धर्मावलम्बीको  बसोबास छ  । संविधानप्रदत्त आफ्नो  धर्म, भाषा, साहित्य, संस्कृतिको  विकास एवं संरक्षण गर्न हामी सबै सँग समन्वय गर्नेर्छौँ ।

एजेन्डा सुनाएरमात्रै  जितिन्छ त  ?
नेकपा एमालेको  विगत, वर्तमान र भविष्यका बारेमा सबैलाई थाहा छ । व्यक्तिगतरुपमा पनि मेरो  विगत र वर्तमान पनि थाहा छ । हाम्रो  उपमेयरको  उम्मे दवार माया आचार्यको  विगत, वर्तमान पनि सबैलाई थाहा छ । सबै  वडाध्यक्ष र सदस् यबारे मा पनि थाहा छ । राजनीतिकरुपमा एमालेले  दे शको  समृद्धि, राष्ट्रियताको  जगेर्ना, वृद्धभत्ता र सामाजिक सुरक्षाको  क्षे त्रमा जे  ग¥यो  त्यसले  जनताको  बीचमा काम गर्ने पार्र्र्टी एमाले  हो  त्यसको  चुनाव चिन्ह सूर्य हो  भन्ने  पनि सबै लाई थाहा छ । मे रो  हकमा भन्ने  हो  भने, म सामान्य किसान परिवारमा जन्मे को  मान्छे  हँु  । गरिबीभित्र चपेटिदै  संघर्ष गरे को  मान्छे  हुँ  ।

संसारका सबैभन्दा धेरै  धनी मान्छे सँग पनि भेटेँ मैले , अमेरिकाका शक्तिशाली तत्कालीन राष्ट्रपति बाराक ओबामासँग पनि भेटे को  छु , संसारका धेरै  राष्ट्रपति, प्रधानमन्त्रीसँग पनि भे टको  छु । संयुक्त राष्ट्रसंघ संघमा पनि काम गरेँ  । मलाइ रमाइलो  के  लाग्छ भने, गाउँघरको  गरिबीको  पीडादेखि अन्तर्राष्ट्रियस् तरका सुविधासम्पन्न ठाउँको  समृद्धि के  हुन्छ र त्यसका बीचका खाडल के  हुन्छन्, त्यो  खाडल पुर्न चीनले  के  ग¥यो , भारतले  के  ग¥यो , अमेरिकाले  के  ग¥यो , युरोपले  के  ग¥यो , अफ्रिकाले  के  गर्दैछ भन्ने  नजिकबाट अध्ययन गरेँ ।

हिजो  हामी २०५४ सालमा तुलसीपुर नगरपालिकाको  उपमेयरमा निर्वाचित भएर आउँदाखेरि नगरपालिकामा कर्मचारीलाई तलब खुवाउने  पै सा थिएन । नगरपालिकामा आफू बस्ने  कार्यालय भवन थिएन, भाडामा बस्थ्यो  । नगरपालिकाभित्र फो हर फाल्न ट्र्याक्टर थिएन । नगरपालिकाभित्र मासु काट्ने  पसल, छे उमै अगरबत्ती पसल, अर्काे  छे उमा तरकारी पसल , बस्ती अव्यवस्थित थियो  । बजार दुर्गन्धित थियो  । गाउँमा विकासका नाममा बजेट जाने  कुरा के  हो  जनतालाई थाहा थिएन । तर ने कपा एमाले को  अगुवाइमा यी सबै  कामको  शुरुवात गरेका थियाँै । त्यस्तै , पाँचवर्षको  अवधिमा तुलसीपुर नगरपालिकाको  सुविधासम्पन्न कार्यालय भवनको  निर्माण ग¥यौँ ।

धूलो  उड्ने  पुरानो  बसपार्कमा पुष्पलाल बालउद्यान निर्माण ग¥यौँ  । तुलसीपुरमा धूलो  उड्थ्यो , त्यो  बीचमा ग्रीनबेल्टको  निर्माण ग¥यौँ र त्यसको  दायाँबायाँ फुटपाथ निर्माण ग¥यौँ । कुनै  पनि काम नगर्दासम्म असम्भव दे खिने  हो  तर ग¥यो  भने  सबै भन्दा सजिलो  काम त्यही दे खिन्छ ।

साझा पदमा जाँदा साझा चरित्र चाहिएला नि, तपार्ईं त एमाले को  उम्मेदवार हो  ?
साझा व्यक्ति हुँदै न । उसको  भूमिका, चरित्र साझा हुनुपर्छ । एमाले ले  त्यो  साझा पदमा बसे र काम गर्नसक्ने  देखेर मलाइ अगाडि सारेको  हो  । हिजो  तुलसीपुर नगरपालिकाको  उपमेयर हुँदा मलाइ एमालेकै  उम्मे दवार भएर विजयी बनाइएको  हो  । तर जनप्रतिनिधि त सबै का थियौँ । सो ही अनुसार काम पनि गरे का थियौँ । चुनावमा जान कुनै  न कुनै  दल चाहिन्छ नै  । म उम्मे दवार त एमाले कै  हो  दुईमत छै न तर साझा पदमा पुगे पछि हामी एमाले का मात्रै  होइनौँ, हुदैनौँ । सबै  नगरबासीका प्रतिनिधि हुनेछाँैं  ।

साझा भिजन त छ तर तपार्ईंलाई टुरिष्ट उम्मेदवार भन्छन्छन् त ?
म टुरिष्ट हो इन । म टुरिष्ट भएर संसार घुमेको  भने  सॉचो  हो  । ज्ञान, शिक्षा र अनुभव भन्ने  कुरा त्यो  कुवाको  भ्यागुतो लाई कुवाभित्रको  पानीमात्रै  थाहा हुन्छ । तर त्यो  भ्यागुतो  बाहिर निस्क्यो  भने  मात्र बाँकी संसार देख्छ । मेरो  जिन्दगी मैले  कुवाको  भ्यागुतो  भएर बिताउन चाहिनँ  । मेरो  जिन्दगी मैले  एउटा चिलका रुपमा, एउटा संसार परिचर गनेर्  अवसर पनि मिल्यो  र म टुरिष्टका रुपमा संसार घुमेँ , अनुभव बटुलेँ , सिकेँ र ती अनुभव र सिकेका कुरालाई घरमा आएर व्यवहारमा दे खाउन चाहन्छु । म टुरिष्ट बने र गएको  मान्छे  हो , टुरिष्ट भएर यहाँ आएको  हो इन, म बरु संसारका टुरिष्टलाई तुलसीपुरमा ल्याउँछु र तुलसीपुरबासीले  पनि टुरिष्टका रुपमा बाहिर जाने , हेर्ने, पढ्ने , घुम्ने , सिक्ने  अवसर पनि मिलाउने छु ।

प्रस्तुतिः गणेश आचार्य

प्रतिक्रिया दिनुहोस
नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री दिल्ली जाने तयारीमा

  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी

बालेनले न्यूरोडमा जे गरे ठिक गरे : विश्वप्रकाश शर्मा

  बिहीबार प्रतिनिधि सभामा बोल्दै शर्माले नागरिकको सुविधाका लागि न्यूरोडमा सडकपेटी बढाउनुपर्ने आवश्यकता

माथिल्लो तामाकोशी १ अर्ब ३९ करोड नोक्सानीमा

  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ६ अर्ब

एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम