गणतन्त्रका अभागी बाबुको पीडाः जेठा छोरालाई हालुँ कि कान्छो छोरालाई भोट ?



हाम्रो इकोनोमि

काठमाडौँ । कहिलेकहीँ आफ्नै सन्तानका कारण अभिभावकलाई लिखबन्दमा पर्नु पर्छ । यस्तै भएको बैतडी, डिलाशैनी–१ का ६८ वर्षीय जञ्जाली रानालाई पनि ।

उसो त उनका छोराहरुले कुनै उधूम अपराध गरेर, दुःख दिएर बाबुलाई सकसमा पारेका होइनन् । तर कहिलेकहीँ एउटा निर्णयमा छोराको मन दुख्ला भनेर चिन्ता गर्नु पर्ने अवस्था आउँदा जञ्जाली राना मगर गतिलो उदारहण हुने भएका छन् । असार १४ गते हुने स्थानीय तह निर्वाचनमा २० वर्षपछि भोट हाल्न पाउँदा ६८ वर्षीय जञ्जाली कम्ता खुशी थिएनन् ।

तर, जब भोट हाल्ने बेलामा उनका दुई छोरा उम्मेदवार एउटै पदमा उठे, त्यसपछि जञ्जालीलाई भोट हाल्न पनि मन छैन । जेठो छोरा कर्णबहादुर राना नेपाली काँग्रेसबाट डिलाशैनी गाउँपालिकामा अध्यक्षका उम्मेदवार भएका छन् । त्यहीँ कान्छा छोरा लोकेन्द्र राना (शीतल) नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेपछि जञ्जाली राना मगरलाई भोट हाल्ने जाँगर मरेको हो । भन्छन्, ‘मिल्ने भए दुवै छोरालाई भोट हाल्थेँ, अब कसलाई पो दिउँ ? ’

कुन चैँ छोरालाई मत दिने मात्र होइन, प्रचारमा कुन चैँ छोराको लागि हिँडौ भनेरसमेत जञ्जालीले सोच्न सकेका छैनन् ।

जञ्जाली मात्र होइनन्। डिलाशैनीका स्थानीयसमेत एकै घरका सहोदर दाजुभाइ उम्मेदवार बनेपछि कसलाई भोट दिने भनेर अन्योलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...