एमालेले आज सबै उम्मेदवार टुंगो लगाउने



हाम्रो इकोनोमि

काठमाडौँ । नेकपा एमालेले आज शनिबार सबै प्रदेशका स्थानीय तहका उम्मेदवारको टुंगो लगाउने भएको छ ।

दिउँसो १ बजे पार्टी कार्यालय धुम्बारीमा बस्ने स्थायी समिति बैठकले टुंगो लाग्न बाँकी निकायको उम्मेदवार चयन गर्न लागेको हो । प्रदेश नम्बर १, २, ५ र ७ का अधिकांश स्थानीय तहमा प्रदेश कमिटीले उम्मेदवार चयन गरिसकेको छ । केही स्थानीय तहमा उम्मेदवारका आकांक्षी बढी भएपछि केन्द्रमा नाम सिफारिस भएको हो ।

आज बस्ने स्थायी समितिको बैठकले सबै उम्मेदवारको टुंगो लगाउने स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले बताए । वीरगञ्ज र विराटनगर महानगरपालिका बनाइएपछि त्यहाँ बढी उम्मेदवारका आकांक्षी छन् ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...