एमालेले आज सबै उम्मेदवार टुंगो लगाउने



हाम्रो इकोनोमि

काठमाडौँ । नेकपा एमालेले आज शनिबार सबै प्रदेशका स्थानीय तहका उम्मेदवारको टुंगो लगाउने भएको छ ।

दिउँसो १ बजे पार्टी कार्यालय धुम्बारीमा बस्ने स्थायी समिति बैठकले टुंगो लाग्न बाँकी निकायको उम्मेदवार चयन गर्न लागेको हो । प्रदेश नम्बर १, २, ५ र ७ का अधिकांश स्थानीय तहमा प्रदेश कमिटीले उम्मेदवार चयन गरिसकेको छ । केही स्थानीय तहमा उम्मेदवारका आकांक्षी बढी भएपछि केन्द्रमा नाम सिफारिस भएको हो ।

आज बस्ने स्थायी समितिको बैठकले सबै उम्मेदवारको टुंगो लगाउने स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले बताए । वीरगञ्ज र विराटनगर महानगरपालिका बनाइएपछि त्यहाँ बढी उम्मेदवारका आकांक्षी छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...