राहदानी लिएका साढे ६ लाख ‘महिला बेपत्ता’,राज्य बेखबर



हाम्रो इकोनोमि

काठमाडौं । गएको १० वर्ष यता साढे पौने ८ लाख महिलाहरुले राहदानी बनाएका छन् । आर्थिक वर्ष २०६३ देखि २०७३ साल चैतसम्ममा सात लाख ६९ हजार पाँच सय ४२ महिलाले राहदानी बनाएको राहदानी विभागले जनाएको छ ।
राहदानी बनाएका महिलामध्ये १ लाख ६९ हजार आठ सय ५९ मात्र वैधानिक तरिकाले वैदेशिक रोजगारीमा गएको श्रम मन्त्रालयको तथ्यांकमा उल्लेख छ । भने ६ लाख ६२ हजार ५ सय ८३ राहदानी बनाएका महिलाबारेको तथ्यांक सरकारी निकायसँग छैन ।
आर्थिक वर्ष २०६३/०६४ देखि गत फागुन महिनासम्म ७ लाख ६९ हजार पाँच सय ४२ महिलाले देशभरिका विभिन्न जिल्लाबाट राहदानी लिए पनि सोही अवधिमा एक लाख ६९ हजार आठ सय ५९ जना महिला मात्र वैधानिक तरिकाले वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांकले देखाएको छ ।
वैधानिक तवरबाट वैदेशिक रोजगारीमा गएका महिलामध्ये विदेशमै सम्पर्कविहीन भएको हुनसक्ने अनुमान छ । तर, सरकारी निकायले राहदानी लिएका महिलाहरू कहाँ पुगे भन्नेबारे अझैसम्म गहिरो अध्ययन र खोजी नगर्दा ठूलो संख्याका महिला खाडी मुलुक र मलेसिया जस्ता देशमा बेपत्ता भएको अनुमान वैदेशिक रोजगार विज्ञहरुको छ ।
राहदानी मात्र लिएका तर श्रम स्वीकृति नलिएकामध्ये करिब एक लाख युरोप, अमेरिका जस्ता देशमा अध्ययन र आफन्तसँग गएको अनुमान गरिए सरकारले गरेको छ । त्यो भन्दा बाँकी ५ लाख महिलाको अवस्था अज्ञात नै भएको देखिन्छ ।
महिलाले राहदानी बनाउनेको मुख्य कारण वैदेशिक रोजगारीमा नै जानु नभएको वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले बताए । उनले भने,‘राहदानी बनाएर पनि कति महिला घरमै बसेका पनि हुनसक्ने अनुमान गरिएको छ ।’ नेपालमा राहदानी बनाएपछि वैदेशिक रोजगारीमा जानु नै मुख्य कारण मानिन्छ ।
यस्तै, यो क्षेत्रमा समस्या देखा परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवालयले राहदानी लिएका महिलाको खोजी गर्ने तयारी गरेको छ । सचिवालयमा कार्यरत वैदेशिक रोजगार विज्ञ सुशील ढुंगाना वर्षौं अघि राहदानी लिएका महिलाको अवस्था अस्पष्ट देखिएकाले अब सरकारले यो विषयमा गम्भीर भएर खोजी गर्नु पर्ने औल्याउँछन् ।
सरकारले केही दिनमा नेपाली महिला घरेलु महिला कामदार जाने देशमा वैध र अवैध महिलाको बारेमा खोजी गदै गरेरको विज्ञ दुंगानाले बताए । राहदानी लिएका ठूलो संख्याका महिलाको अवस्था अस्पष्ट भएकाले खोजी गर्नुपर्ने अवस्था आएको उनले जिकिर गरिन् ।

प्रलोभनमा परि दलालको फन्दामा
पछिल्लो समय विदेशमा राम्रो काममा लगाई दिने र राम्रो कमाई हुने प्रलोभन देखाउँदै सोझा–साझा धेरै महिलालाई भारत, श्रीलंका, चिन बंगलादेश हुँदै खाडी र मध्यपूर्वका मुलुकमा पुराउने गरिएको छ । अवैध बाटोबाट बाहिरिएका महिलाको रेकर्ड सरकारी निकायसँग नहुने वैदेशिक रोजगार विभागले जनाएको छ । राहदानी लिएकामध्ये धेरै बेचबिखनमा परेका हुन सक्ने आंकलन श्रम तथा रोजगार मन्त्रालयको छ । तर, मन्त्रालयले अहिलेसम्म तथ्यांक समेत पत्ता लगाउन सकेको छैन ।

ती महिला कहाँ छन् तीनीहरुको अवस्था कस्तो छ खोजी गर्ने मन्त्रालयले योजना बनाई रहेको मन्त्रालयका सह–प्रवक्ता श्याम अधिकारीले बताए ।
विभागको तथ्यांक अनुसार हालसम्म सबभन्दा बढी महिला श्रम स्वीकृति लिएर कुवेतमा गएका छन् । तथ्यांक अनुसार ३८ हजार सात सय ८३ जना कुवेतमा पुगेका छन् । त्यस्तै दुबइमा ३८ हजार चार सय ११ जना पुगेका छन् । सरकारी अधिकारीहरूका अनुसार ठूलो संख्याका महिलाहरुलाई अवैध रुपमा कुवेत, युएई, बहराइन, लेबनान जस्ता देश पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस
निर्वाचनमा ३१ अर्ब खर्च हुने अनुमान

    प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने...

आजदेखि निर्वाचनकेन्द्रित सेना परिचालन

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले सेना परिचालन सुरु गरेको छ ।...

नेकपासँग तत्काल तालमेल हुँदैन : पीएस गुरुङ

    नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले तत्कालै नेकपासँग चुनावी तालमेलको सम्भावना नरहेको...

६ प्रकारका सरकारी कागजात देखाएर मतदान गर्न पाइने

    निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एउटा भएको खण्डमा मतदान गर्न पाइने...