श्रम मन्त्री मन्सुर भन्छन-फ्रि भिसा फ्रि टिकट खारेज गर्न तयार छु



हाम्रो इकोनोमि

काठमाडौँ/नवनियूक्त श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले कुनै पनि स्वार्थमा नलागी कामदार र व्यवसायीको हितमा काम गर्ने बताएका छन् । नेपाली काग्रेस भातृसंगठन निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको संगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री मन्सुरले मन्त्रालयले मन्त्री चलाउने होईन मन्त्रीले मन्त्रालय चलाउने भन्दै आफुले बिगतका अरु मन्त्री भन्दा नया“ काम गरेर देखाउने दावी गरे ।

अन्तरमन्त्रालयको समन्वय नहु‘दा मन्त्रालयको कामको बारेमा गुनासो आएको भन्दै मन्त्री मन्सुरले परराष्ट्र मन्त्रालय संग समन्वय गरेर अगाडी बढने बताए । वैदेशिक रोजगार व्यवसायीहरुले फ्रि भिसा फ्रि टिकट तत्कालिन राज्य मन्त्री टेकबहादुर गुरुङले हचुवाको भरमा लगाएको र यस्तो अवस्थामा वैदेशिक रोजगारमा कामदार पढाउन नसकिने पश्नमा मन्त्री मन्सुरले यसबारेमा आफुले पनि यो नियमका कारण वैदेशिक रोजगारीको माग संख्या घटेको र नेपाल भित्रने रेमिट्यान्समा पनि कमि आएको बारेमा आफुलाई जानकारी आएको भन्दै यस बारेमा गहन अध्ययन गरेर जायज काम गर्न बताए ।
फ्रि भिसा फ्रि टिकटले समस्या निम्त्याएको भन्दै उनले त्यसलाई खारेज गर्नु परे पनि आफु तयार रहेको बताए।

बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिमल ढकालले नेपालको प्रशासनमा सवै भन्दा भ्रष्ट बिभाग अन्तरगर्त वैदेशिक रोजगार बिभाग कार्यालय भएको भन्दै बिभागको भष्ट्रचार र वैदेशिक रोजगार व्यवसायी र कामदारलाई दुख दिने गरेको भन्दै आफना यस्तो गतिबिधि सुधार गर्न नवनियूक्त मन्त्री फरमुल्लाह मन्सुरलाई आग्रह गरे । यो वा त्यो बहाना बनाएर बिभागका कर्मचारीहरुले वैदेशिक रोजगार व्यवसायीलाई त्रसित गरेर पैसा माग्ने गरेको अध्यक्ष ढकालले मन्त्री मन्सुरलाई जानकारी गराएका थिए । यस्तै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष बिष्णु गैरेले देशको अर्थतन्त्र चलाएमान बनाउन वैदेशिक रोजगार व्यवसायीहरुको ठुलो योगदान भएको भन्दै तर सरकाले वैदेशिक रोजगार व्यसायीको समस्याको बारेमा समाधान गर्न नसकेको बताए । तत्कालिन श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङले सम्बधित रोजगारदाता मुलुक संग फ्रि भ्रिसा फ्रि टिकट एकोहोरो रुपमा व्यवसायीलाई लादेको कारण व्यवसाय गर्न गाह्रो परेको र माग संख्या एक दमै कम आउने गरेको दुखेसो पोखे । वैदेशिक रोजगार व्यवसायी सदैव कामदारको हितमा र जति सक्दो कम शुल्कमा नेपाली कामदार रोजगारीमा पठाउने आफुहरुको आत्मदेखी चाहना भएको भन्दै तर व्यबहारिक रुपमा फ्रि भ्रिसा फ्रि टिकटले काम गर्न अन्यन्तै अफठयारो परेको अध्यक्ष गैरेले मन्त्री फरमुल्लाह लाई जानकारी गराएका थिए । नवनियूक्त मन्त्रीलाई बधाई तथा भेटघाट कार्यक्तममा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने , वैदेशिक रोजगार व्यवसायीहरु नरेन्द्रप्रसाद ढकाल, संकर श्रेष्ठ, नारायण पराजुली , असगर अली, तुल्सी काप्री,थिरमनी पौडेल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
निर्वाचनमा ३१ अर्ब खर्च हुने अनुमान

    प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने...

आजदेखि निर्वाचनकेन्द्रित सेना परिचालन

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले सेना परिचालन सुरु गरेको छ ।...

नेकपासँग तत्काल तालमेल हुँदैन : पीएस गुरुङ

    नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले तत्कालै नेकपासँग चुनावी तालमेलको सम्भावना नरहेको...

६ प्रकारका सरकारी कागजात देखाएर मतदान गर्न पाइने

    निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एउटा भएको खण्डमा मतदान गर्न पाइने...