टिकट नपाएपछि सडकमा प्रदर्शन



हाम्रो इकोनोमि

इटहरी । नेपाली कांग्रेसले इटहरी उप महानगरपालिकाको मेयरमा रोहित प्रसाईलाई उम्मेदवार बनाएपछि पार्टीभित्र व्यापक असन्तुष्टी पैदा भएको छ । मेयरका दाबेदार हेमकर्ण पौडेलका कार्यकर्ताले टिकट नपाएपछि सडकमा उत्रेर विरोध प्रदर्शन गरेका छन् ।

मेयरको टिकट पाउने प्रसाई कांग्रेसका क्रियाशील सदस्य हुन् । उनी उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत छन् ।

उम्मेदवार छनौट कार्यदलले विहीबार अपरान्ह देउवा पक्षधर मानिने प्रसाईलाई इटहरी उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

इटहरी उपमहानगरपालिकाको मेयरका आकांक्षीमा इटहरी नगर सभापति हेमकर्म पौडेल मुख्य दाबेदारका रुपमा रहेका थिए । उनको पक्षमा टिकट नआएपछि पौडेलपक्षका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन ।

कार्यदलले प्रसाईलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेल समर्थकले निर्णय तत्काल सच्याउन कार्यदललाई चेतावनी दिएका छन् । रामचन्द्र पौडेल पक्षधर मानिने पौडेललाई मेयरको उम्मेदवार नबनाएको खण्डमा पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिएका छन ।

इटहरी कांग्रेसको ठूलो जनमत पौडेलका पक्षमा उभिएको । ट्रेड युनियन कांग्रेसका पूर्वाञ्चल उपाध्यक्ष ज्योति कोइरालाले पार्टीले तत्काल नसच्याएर पार्टी विरुद्ध आन्दोलन गर्ने बताए । यता केन्द्रमा पनि प्रधानमन्त्री देउवासँग रामचन्द्र पौडेल पक्षधर असन्तुष्ट रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...