देउवाको कार्यकाल आगामी माघसम्म मात्रै ?



हाम्रो इकोनोमि

काठमाण्डौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकाल आगामी माघसम्ममात्र भएको खुलासा भएको छ । प्रधानमन्त्रीमा नियुक्ति भएलगत्तै बाबाको शरणमा पुगेका देउवालाई बाबाले भनेका थिए–‘बिगतका दशा तथा अन्तरदशा र अहिलेको दशा तथा अन्तरदशाका कारण कार्यकाल धेरै लामो हुने देखिन्न ।’

ति बाबाका अनुसार २०७४ साल माघ महिनाको अन्ततिर बुधको महादशा भित्र शुक्रको अन्तरमा केतुको प्रत्यान्तर आउने हुनाले बिगतमा जस्तै केतुको प्रत्यान्तरमा प्रधानमन्त्रीको पद छोड्नु पर्ने हुन्छ भनेपछि यो कुरा पुष्टि भएको हो ।

२०७४ माघभित्र ३ वटा निकायको चुनाव सम्पन्न गर्नुपर्ने, बिपक्ष तथा अन्य राजनीतिक दलहरुलाई मिलाउँदै लैजानुपर्ने, संविधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने जस्ता जटिल कार्यभार देउवाको थाप्लोमा भएपनि उनको तत्कालको दशा तथा अन्तरदशा बिश्लेषण गर्दा महादशा बुध,अन्तरदशा शुक्र र २०७४ माघ महिनाभित्र शनि र बुधको प्रत्यान्तर दशा चल्ने बाबाले बताएका छन् ।

कुटनीतिको क्षेत्रमा राहुले प्रमुख भूमिका निर्बाह गर्ने र बाह्रो भावमा कर्कको उच्च बृहस्पति राहुँसँग बसेकोले र बृहस्पतिले बिपरित राजयोगको निर्माण गरेकोले बिदेशीहरुसँगको सम्बन्ध सुदृढ हुने तथा छिमेकी राष्ट्रहरुको पूर्ण सहयोग हुनेछ । छैटौँ भावमा चन्द्रमासँग केतु बसेको र षष्टेश शनि एकादश भावमा बसेर लग्नेश सूर्यलाई दृष्टि दिएको हुनाले देउवालाई आफ्नै पार्टीभित्रका सहयोगीहरुले भने शाख गिराउने छन् भन्ने घोषणा गरिदिएपछि प्रम देउवा हिस्स परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...