देउवाको कार्यकाल आगामी माघसम्म मात्रै ?



हाम्रो इकोनोमि

काठमाण्डौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकाल आगामी माघसम्ममात्र भएको खुलासा भएको छ । प्रधानमन्त्रीमा नियुक्ति भएलगत्तै बाबाको शरणमा पुगेका देउवालाई बाबाले भनेका थिए–‘बिगतका दशा तथा अन्तरदशा र अहिलेको दशा तथा अन्तरदशाका कारण कार्यकाल धेरै लामो हुने देखिन्न ।’

ति बाबाका अनुसार २०७४ साल माघ महिनाको अन्ततिर बुधको महादशा भित्र शुक्रको अन्तरमा केतुको प्रत्यान्तर आउने हुनाले बिगतमा जस्तै केतुको प्रत्यान्तरमा प्रधानमन्त्रीको पद छोड्नु पर्ने हुन्छ भनेपछि यो कुरा पुष्टि भएको हो ।

२०७४ माघभित्र ३ वटा निकायको चुनाव सम्पन्न गर्नुपर्ने, बिपक्ष तथा अन्य राजनीतिक दलहरुलाई मिलाउँदै लैजानुपर्ने, संविधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने जस्ता जटिल कार्यभार देउवाको थाप्लोमा भएपनि उनको तत्कालको दशा तथा अन्तरदशा बिश्लेषण गर्दा महादशा बुध,अन्तरदशा शुक्र र २०७४ माघ महिनाभित्र शनि र बुधको प्रत्यान्तर दशा चल्ने बाबाले बताएका छन् ।

कुटनीतिको क्षेत्रमा राहुले प्रमुख भूमिका निर्बाह गर्ने र बाह्रो भावमा कर्कको उच्च बृहस्पति राहुँसँग बसेकोले र बृहस्पतिले बिपरित राजयोगको निर्माण गरेकोले बिदेशीहरुसँगको सम्बन्ध सुदृढ हुने तथा छिमेकी राष्ट्रहरुको पूर्ण सहयोग हुनेछ । छैटौँ भावमा चन्द्रमासँग केतु बसेको र षष्टेश शनि एकादश भावमा बसेर लग्नेश सूर्यलाई दृष्टि दिएको हुनाले देउवालाई आफ्नै पार्टीभित्रका सहयोगीहरुले भने शाख गिराउने छन् भन्ने घोषणा गरिदिएपछि प्रम देउवा हिस्स परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...