यस्तो छ डिजाईन देउवा सिध्याउने



हाम्रो इकोनोमि

काठमाडौँ । सरकारलाई असहयोग पु¥याए पार्टी भित्र रामचन्द्र पौडेल खेमालाई पेलेर जाने रणनीति देउवाले अख्तियार गरेपछि महाभारत शुरु हुने भएको छ । स्थानीय तहको दोस्रो चरणको चुनावसम्म मन्त्रिपरिषद विस्तार नगर्ने र त्यसपछि पौडेल पक्षले सहयोग नगरे पेलेरै अघि बढ्ने रणनीति देउवा पक्षले बनाएपछि यस्तो अवस्था आएको हो ।

पौडेल पक्षले पनि स्थानीय तहको चुनावमा असर पर्ने भएकाले चुनावअघि चुप लाग्ने रणनीति अख्तियार गरेको छ । ‘स्थानीय तहको दोस्रो चरणको चुनावसम्म हेरौं’ पौडेल पक्षीय एक नेताले भने, ‘पार्टीमा जस्तै सरकारमा पनि उहाँहरुको पेलेरै जाने सोच देखिएको छ, त्यस्तो भयो भने चुनावपछि निर्णायक छिनोफानो हुन्छ ।’

माओवादीसँगको गठबन्धन सरकारमा अघिल्लो पटक पनि आफ्नो पक्षलाई ४० प्रतिशत भाग नदिएको यसपटक देउवा पक्षकाले लिएर छाडिएका मन्त्रालयमा मात्रै नजाने उनीहरुले स्पष्ट पारिसकेका छन् । ‘यसभन्दा अगाडिको सरकारमा ४० प्रतिशतको कुरा थियो तर, उहाँहरुले छोडेका मन्त्रालयमा मात्रै चित्त बुझाउने काम भयो’ उनले भने, ‘यो पटक त्यस्तो हुँदैन, मन्त्रालय र संख्या टुंगो लागेपछि मात्रै निर्णयमा पुगिन्छ ।’

देउवाले पहिलो चरणको मन्त्रिपरिषद विस्तारमै पौडेल पक्षका एकजनालाई समावेश गर्न खोजेका थिए । तर, मन्त्रालय टुंगिएपछि मात्र नाम दिने अडान लिएपछि देउवाले आफू पक्षकालाई मन्त्री बनाएका हुन् । देउवाले अर्थ, भौतिक पूर्वाधार र शिक्षा जस्ता मन्त्रालय पौडेल पक्षलाई नदिने देखिएपछि पौडेलले नाम दिन अस्वीकार गरेको थियो ।

यसअघि पौडेल विरुद्ध सिटौला समुहलाई हात लिएका देउवासँग यसपटक सिटौला समुह पनि टाढिएको छ । देउवाले सिटौलालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिने उनको विश्वास थियो । तर, देउवाले पहिल्यै दिन गोपालमान श्रेष्ठलाई उपप्रधानमन्त्री बनाएपछि सिटौलाको सम्भावना सकिएको छ ।

आफू सरकारमा नगए पनि उनले भीमसेनदास प्रधानलाई भौतिक पूर्वाधार मन्त्री बनाउन दवाव दिएका थिए । त्यो पनि देउवाले अस्वीकार गरेपछि पछिल्लो समय देउवा सर्सेज पौडेल सिटौलाको लडाईं शुरु भएको हो । र यो लडाई अन्ततः पार्टी विभाजनपछि मात्रै अन्त्य हुने आशंका कतिपय कांग्रेसी विश्लेषकहरुको विश्लेषण छ ।

त्यसो त बिहीवार बसेको कार्यसम्पादन समितिको बैठकमा पनि मन्त्रीबारे ठोस निर्णय हुन नसकेपछि दुवै पक्षले असार १४ गते पनि निर्णायक लडाईं लड्नेगरी थाती राखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...