पास भयो निर्बाचन ऐन,नत्थी लाग्यो मधेशी दललाई



हाम्रो इकोनोमि

काठमाडौँ/स्थानीय तह निर्वाचनको पहिलो संशोधन विधेयक संसदबाट पारित भएको छ । ऐन पारित भएसँगै राजपा लगायतका आन्दोलनरत र दुई दलका बीचमा एकता भएर बनेका नयाँ दलहरुलाई निर्वाचनमा भाग लिने बाटो खुलेको छ।

बिहीबार बसेको संसद बैठकले उक्त विधेयक पारित गरेको हो।

गृहमन्त्री जनार्दन शर्माले ‘स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक २०७४ माथि विचार गरियोस्’ भनि सदनमा प्रस्तुत गरेको विधेयक सदनले पास गरेको हो।

यसै बीच,संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जुनसुकै पार्टीले बहिष्कार गरेपनि स्थानीय चुनाव नरोकिने बताएका छन् । असार १४ मा हुने दोस्रो चरणको निर्वाचनकालागि देशव्यापी रुपमा उत्साह छाएको भन्दै उनले जनता रेनकोट र छाता ओढेर मतदान गर्न तयार रहेको बताए ।

‘अब चुनाव हुन्छ, हुन्छ, कोही पार्टीले चुनावमा जान्नभन्दा पनि अब चुनाव रोकिँदैन,’ बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘उपेन्द्र यादवको पार्टी नजाँदा पनि चुनाव हुन्छ, महन्थ ठाकुरको पार्टी नजाँदा पनि चुनाव हुन्छ । किनकी जनताले चुनाव चाहेका छन् ।’

उनले प्रधानमन्त्री निर्वाचनमा गैरमधेसी कांग्रेस सभापति शेरबहादुरको देउवाको पक्षमा लर्को लागेर मतदान गर्ने मधेसी नेताहरुले स्थानीय तह निर्वाचनमा मधेसी नेताहरुलाई भोट गर्न किन नहुने भन्दै प्रश्न समेत गरे । उनले चुनाव अघि नै संविधान संशोधन पारित हुने विश्वास व्यक्त गरे ।

साक्षात्कारमा यादवले आफ्नो पार्टीले देशव्यापी रुपमा चुनावी तयारी गरिसकेको समेत जानकारी दिए । उनले भने, ‘हाम्रो पार्टीले दोस्रो चरणको निर्वाचनमा सबै ठाउँमा उम्मेदवारी दिन्छ, यसमा कुनै शंका छैन् ।’ अध्यक्ष यादवले चुनावी तालमेलको लागि आफ्नो पार्टी खुल्ला रहेको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...