क्यासिनो प्राईड नेपालीलाई जुवा खेलाउँदै



हाम्रो इकोनोमि

काठमाडौं ।  बौद्ध स्थीत होटल हायातमा संचालित क्यसिनो प्राईडले नेपालीलाई पनि जुवा खेलाउने गरेको बुझिएको छ । नेपालीलाई क्यासिनो भित्र जान र खेल्न पुर्ण रुपमा निषेध भएपनि क्यसिनो प्राईडले विभिन्न बाहानामा नेपालीलाई जुवा घर भित्त छिराउने र खेलाउने गरेको समाचार स्रोतको दाबी छ । बौद्धतिर घर भएका बिषेशगरि मंगोलियन अनुहारका नेपालीलाई तिब्तियन नागरीक भन्दै क्यासिनो भत्रि प्रवेश गर्न दिने र जुवा खेलाउने गरेको बुझिएको छ । त्यस्तै केहि नेपालीलाई भने सिक्किमतिरको भारतिय नक्कली रासन कार्ड बनाइदिने र जुवा खेलाउने गरेको बुझीएको छ । नेपालीले क्यसिनोभित्र पसेर जुवा खेल्न नपाउने भएपनि क्यसिनो प्रईडले भने ढुक्कसँग जुवा खेलाईरहेको छ । क्यसिनो प्रईडमा नै जुवा खेलेर कतिको घर सम्पति नै सकिएको बुझीएको छ । पैसा भएको थाहा भएसम्म बिभिन्न बहानामा क्यसिनो भित्र छिराएर जुवा खेलाउने गरेको पिडित बताउँछन । त्यही क्यसिनोमा घरबार र नगद सिध्याएका पिडित भन्छान म संग पैसा हुन्जेल संधै क्यासीनोबाट फोन गरेरै खेल्न बोलाउँथे तर अहिले म संग पैसा नभएपछि फोन पनि आउँदैन भित्र र्छिन पनि दिदैनन । यसरी खुलेआम नेपालीलाई जुवा खेलाउँदापनि पुलिस प्रशासन के हेरेर बसेको छ ? क्यसिनो प्राईडमाथी किन कारवाही हुदैन । राज्य प्रशासनको ध्यान स्थानीय तहको निर्वाचनमा र सरकार बनाउँन केन्द्रित भएको मैका छोपी क्यसिनो प्राईडले लुट धन्दा मच्चाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...