देउवाले प्रधानमन्त्री भएकै दिन गरे यी निर्णय



हाम्रो इकोनोमि

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट ईश्वर र जनताको नाममा शपथ लिएलगत्तै नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहणसँगै देउवाले सदाचार नीतिको मस्यौदा र अन्तरप्रदेश समन्वयका लागि अन्तरप्रदेश समन्वय परिषद्को सचिवालय गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री देउवाले शपथ समारोहलगत्तै आफ्नो पार्टीसहित सत्ता गठबन्धन दलका सात मन्त्री सामेल मन्त्रिपरिषद् गठन गरेका छन् । नवगठित मन्त्रिपरिषद्का तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीले समेत शपथलगत्तै बुधबार नै पदभार ग्रहण गरेका छन् ।

शपथग्रहण गरेलगत्तै प्रधानमन्त्री देउवाले लैनचौरस्थित सहिद स्मारक पुगी सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे । त्यसलगत्तै उनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगी पदभार ग्रहण गरेका हुन् । उनको यो निर्णयसँगै प्रधानमन्त्री कार्यालयमा अर्को महाशाखा थपिएको छ ।

नवनियुक्त प्रधानमन्त्ती र मन्त्रीको पदभारपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न सातवटा निर्णय गरेको छ ।

संविधानको कार्यान्वयनका लागि ७ माघ २०७४ भित्रै स्थानीय, संघीय र प्रदेशको गरी तिनै तहको निर्वाचन सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ । बैठकले भूकम्प पछिको पुनर्निर्माणको कार्यलाई तीव्रता दिँदै प्रभावकारी रूपमा अघि बनाउने, जनतामा प्रवाहित हुने सार्वजनिक सेवालाई चुस्त बनाउने, आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्दै विकासलाई गति दिने, शान्ति सुरक्षा र आपूर्ति व्यवस्थापनलाई सुदृढ बनाउने र शान्ति प्रक्रियाका बाँकी कार्यलाई पूर्णता दिने गरी अघि बढ्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...