तीन उपप्रधान र ४ मन्त्रीसहित सपथ ग्रहणका लागि प्रधानमन्त्री देउवा राष्ट्रपति भवनमा



हाम्रो इकोनोमि

प्रधानमन्त्रीमा निर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा सानो मन्त्रिमण्डलसहित पद तथा गोपनियताको सपथ लिने भएका छन्।

कांग्रेका एक नेताका अनुसार आफूसँगै देउवाले पार्टी नेता गोपालमानसिंह श्रेष्ठलाई उपप्रधान तथा शिक्षा, ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थ, फरमुल्लाह मन्सुर श्रम तथा रोजगार मन्त्रीमा नियुक्त गर्ने भएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सरकारमा सम्मानजनक स्थान नपाए नाम नदिने अडान लिएर बसेपछि सभापति देउवाले पौडेल पक्षबाट कुनै व्यक्तिको नाम आज समावेश गरेका छैनन्।

त्यसैगरी माओवादीबाट उपप्रधान तथा परराष्ट्र मन्त्रीमा कृष्णबहादुर महरा, जनार्दन शर्मा गृह र प्रभु शाहलाई विनाविभागीय मन्त्रीमा पद तथा गोपनियताको सपथ दिलाउने भएका छन्।

त्यसैगरी फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई उपप्रधान स्थानीय विकास मन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
निर्वाचनमा ३१ अर्ब खर्च हुने अनुमान

    प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने...

आजदेखि निर्वाचनकेन्द्रित सेना परिचालन

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले सेना परिचालन सुरु गरेको छ ।...

नेकपासँग तत्काल तालमेल हुँदैन : पीएस गुरुङ

    नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले तत्कालै नेकपासँग चुनावी तालमेलको सम्भावना नरहेको...

६ प्रकारका सरकारी कागजात देखाएर मतदान गर्न पाइने

    निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एउटा भएको खण्डमा मतदान गर्न पाइने...