देउवाले सुशासन कायम गर्न सक्दैनन् : नेता नेपाल



हाम्रो इकोनोमि

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले देउवाले देशमा सुशासन कायम गर्न नसक्ने बताउनुभएको छ । आज प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसम्बाद कार्यक्रममा बोल्दै उहाँले देउवाले पैसाका लागि जे पनि गर्न सक्ने भएकोले देशको सुशासन कायम गर्न नसक्ने बताउनुभएको हो ।

यस अगाडि तीन पटकसम्म प्रधानमन्त्रीको कार्यवहार सम्हालेका देउवाले पैसाका लागि जे पनि गर्न सक्ने व्यक्तिका रुपमा देखाइसकेका हुँदा यसपटक पनि देउवाबाट सोही व्यवहार दोहोरिने वरिष्ठ नेता नेपालले टिप्पणी  गर्नुभएको हो ।

पहिलो चरणको निर्वाचनमा शक्ति र सत्तााको दुरुपयोग हुँदाहुँदै पनि एमाले पहिलो पार्टीको रुपमा उदाएको बताँउदै नेता नेपालले तराईमा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभयो । अर्काे प्रसंगमा उहाँले सरकारलाई एमालेले र गुण र दोषको आधारमा समर्थन गर्ने बताउनुभयो ।

नेता नेपालले संविधान संशोधन र चुनाव चिन्ह मधेसी नेताहरुको माग नभएको तर यो विषय कस्ले उचालिरहेको छ भन्ने पनि थाहा नभएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...