प्रधानमन्त्रीज्यू , स्त्रीलम्पट बोक्ने फेरी तिनैलाई मन्त्री तोक्ने ?



हाम्रो इकोनोमि

काटठमाडौ । नेपालको राजनीतिमा सहज असहज दुबै परिस्थितीसँग जुधेर अनेक प्रकारले चर्चाको शिखरमा रहने पात्रहरु विरलै छन् । हो, तिनै विरलैमध्येका एक पात्र शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने लगभग निश्चित जस्तै छ । प्रचण्ड नेतृत्वको सरकारमा दुईवटा मन्त्रालय चहारेका सदाबहार सांसद प्रेमबहादुर सिंह फेरी मन्त्री बन्ने चर्चासँगै उनीसँग जोडिएर अनेकन टिप्पणीहरु हुन थालेका छन् ।

हुन त टिप्पणी गर्नका लागि प¥याप्त खुराक दिएका सिंह आफैमा चरित्रमा कमजोर छन् । खुरापात गर्न माहिर सिंह यौन प्रकरणमा पनि दोब्बर काविल छन् । बैधानिक रुपमा तीन श्रीमती थुपारेका उनी पछिल्ला दिनमा आफैसँग राखेकी रखौल नलिनी देवी सिंहका कारण थप चर्चामा आए । त्यति मात्र होईन पछिल्ला दिनमा उनले सम्हालेको विज्ञान प्रविधि मन्त्रालयका सहसचिव राम आधार साहका कारण पनि उनको चर्चाको पारो ह्वात्तै रन्कियो ।

राम आधार तिनै हुन जसले पेट्रोलपम्पहरुमा आधुनिक उपकरण जडान गरी चुहावटमा मदत पु¥याएको अभियोगमा जेलनेल भोगीसकेका व्यक्ति हुन । अदालतमा द्रव्यसहितको सेटिङ मिलाएर उन्मुक्ति पाएका साह सिंहकै हाराहारीका स्त्रीलम्पट हुन । गुणस्तर तथा नापतौल विभागको महानिर्देशक हुनलाई उनले तत्कालिन मन्त्री महेन्द्रराय यादव र अनिल झालाई करोडौ रुपिया बुझाएका साहले त्यो समयका जल्दाबल्दा मधेसी विचौलियाहरुलाई सुन्दरी उपहार दिने गरेको चर्चाले अझै ठाउँ पाईरहन्छ । पछिल्ला दिनमा सिंह र साहको दोस्ती यति बढ्यो कि लेखी साध्य छैन ।

दुवै स्त्रीका मामलामा एकै भएर मात्र पनि उनीहरुबीचको दोस्ती बढेको चाही होईन । प्राविधिक सहसचिव साह मौकाको फाईदा उठाउदै सिंहलाई प्रयोग गरेर प्रशासन समूहमा प्रवेश गर्दै मुख्य सचिव हुने बाटो खुल्ला गराउन तल्लिन रहे । हो, यही केशमा मन्त्री सिंहले मन्त्रीपरिषदको वैठकमा बबाल समेत मच्चाए । अहिले सिंहको विलासिताका लागि हुने फजुल खर्च तिनै साहले व्यहोर्ने गरेका छन् ।

यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा दुवोको माला लगाएर चाकडी गरेका सिंहले यतिबेला देउवा निवासमा चाकडी थालेका छन् । र उनलाई उनकी प्रेमिका नलिनीले सहयोग गरिरहेकी छिन । वर्तमान सरकारमा मन्त्री बन्न सिंहले कस्ता कस्ता तुरुप फाल्छन् त्यो सम्बन्धि स्टोरी अर्कौ संस्करणमा प्रकाशित हुनेछ ।

प्रतिक्रिया दिनुहोस
निर्वाचनमा ३१ अर्ब खर्च हुने अनुमान

    प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने...

आजदेखि निर्वाचनकेन्द्रित सेना परिचालन

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले सेना परिचालन सुरु गरेको छ ।...

नेकपासँग तत्काल तालमेल हुँदैन : पीएस गुरुङ

    नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले तत्कालै नेकपासँग चुनावी तालमेलको सम्भावना नरहेको...

६ प्रकारका सरकारी कागजात देखाएर मतदान गर्न पाइने

    निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एउटा भएको खण्डमा मतदान गर्न पाइने...