नेपालका होटल दक्षिण एसियामै उत्कृष्ट छन्



हाम्रो इकोनोमि

कृष्णकुमार अर्याल, सदस्य, नेपाल पर्यटन बोर्ड
एक अर्ब भन्दा बढी बजेट भएको नेपाल पर्यटन बोर्ड नेपाललाई पर्यटन गन्तव्य बनाउने अभियानमा क्रियाशील छ । दुई वर्षअघिको भूकम्प र भारतले लगाएको अघोषित नाकाबन्दीका थिलोथिलो भएको पर्यटन क्षेत्रलाई ‘रिभाइब’ गर्ने अभियानमा जुटेको पर्यटन बोर्डले के गरिरहेको छ त ? पर्यटन बोर्डका सदस्य कृष्णकुमार अर्यालसँगको संक्षिप्त कुराकानीः

अहिलेको समग्र पर्यटन क्षेत्रको अवस्था कस्तो छ ?

२०७२ साल वैशाख १२ गते गएको भूकम्पले भन्दा पनि भारतले लगाएको आर्थिक नाकाबन्दीले पर्यटन क्षेत्रमा बढी नोक्सान पुगेको हो । भूकम्प जानु, जनधनको नोक्सान हुनु दुःखदायी कुरा हो । यद्यपि यसले विश्वसामु नेपाललाई चिनाउने काम गरेको छ । ‘नेपाल’ भन्ने देश थाहा नभएकाले पनि चिन्नेजान्ने मौका पए । पर्यटन क्षेत्रमा केही असर परे पनि विश्वभर प्रचार नकारात्मक नै भयो । सन २०१६ को डिसेम्बरसम्ममा करिब ७ लाख विदेशीले नेपाल भ्रमण गरेका छन् । यो सन २०१५ को तुलनामा बढी हो । यस हिसाबले समग्र पर्यटन क्षत्रमा आशाका किरण जागेको छ । तथ्यांकहरु हेर्दा त्यति नराम्रो छैन । दुई वर्ष चल्न नसकेको एभरेष्ट एक्स्पेडिसन पोहोर पनि चल्यो । यसपालि पनि त्यही अनुपातमा चलेको छ । हामी आशावादी छौँ ।

अन्य क्षेत्र भन्दा होटल व्यवसायमा बढी असर परेको हो ?

होेटलमा केही असर परेको देखिन्छ तर पर्यटन कम भएर होइन । होटलको संख्या थपिएको कारण त्यस्तो देखिएको हो । काठमाडौँमा ४ वटा तारे होटलबाट अहिले ४० वटा पुगेको छ । त्यस हिसाबले मात्र अलि कम भएको हो कि जस्तो मात्र देखिन्छ । वास्तवमा होटलको व्यवसाय घटेको छैन । केही ठूला व्यवसायीहरु भन्छन्, प्रतिशतमा घटेको छैन । दक्षिण एसियामा नेपालका होटलले दिने सेवा उत्कृष्ट मानिन्छ र विदेशी पाहुनाले नेपाल र नेपालीलाई विश्वास गर्छन् । त्यही कारण पाहुनाहरु नेपाल आउँछन् र हाम्रो पर्यटन क्षेत्र राम्रो हुँदैछ ।

यो आर्थिक वर्षमा पर्यटक भित्र्याउन पर्यटन बोर्डले के के काम गरेको छ ?

विश्वका विभिन्न देशमा पर्यटनसम्बन्धी हुने सम्मेलनमा प्रचारका कामहरु लिएर सहभागी भयौँ । अन्तर्राष्टिय रुपमा बिबिसीमा विज्ञापन दिने काम सुरु भएको छ । अन्तर्राष्टिय सञ्चार संस्था राइटससँग मिलेर नेपालको विभिन्न पर्यटकीय क्षेत्रको कथा, व्यथा, संस्कृतिलाई लेखेर दिने त्यहाँ भएका विभिन्न इभेन्टमा त्यसको प्रचार प्रसारका काम गरिरहेका छौँ । भरखरै हामीले ‘नेपाल हिमालयको गेट वे’ हो भन्ने चार दिने कार्यक्रम गरेका छौँ । हालै ३२ देशका १ सय ७ सामाजिक सञ्जालका ब्लगर बोलाएर नेपालका विभिन्न पर्यटकीय क्षत्रको विभिन्न प्रचारका सामग्री बनाएर विश्वभर प्रचार गरिरहेका छौँ । त्यो प्रचार सामग्री अहिले बिबिसीमा पनि प्रचार भएको छ ।

नयाँ आर्थिक वर्षको योजना के छ ?

हामी आन्तरिक र विदेशी पर्यटक दुवैको विकासमा लागेका छौँ । हामीले हेरिरहेका छौैँ । सधैँ विदेशी पर्यटकको मात्र भर पर्न नहुने रहेछ । भूकम्प र भारतीय नाकाबन्दीले पनि हामीलाई पाठ सिकाएको छ । त्यसैले हामी आन्तरिक पर्यटनको पनि विकास गर्नुपर्छ भनेर सातवटै प्रदेशमा पर्यटन विकासमा लागेका छौँ । त्यसका लागि बजेट बनाउने काममा छौँ । हाम्रो अर्जुन दृष्टि प्रचारप्रसार र प्रवद्र्धन हो, हामी त्यसैमा लागेका छौँ ।

नेपालमा पर्यटनको पहिचान चैँ के हो ?

संसारका ठूला सातवटा हिमाल नेपालमै छन् । साहसिक पर्यटन नै नेपालको पहिचान हो । यसको प्रचारप्रसार नै हाम्रो पहिचान हो ।

प्रतिक्रिया दिनुहोस
मन्त्रिपरिषद्को बैठक आज दिउँसो ४ बजे

  आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले...

कति पुग्यो आज अमेरिकी डलरको भाउ?

  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  राष्ट्र...

असारसम्मलाई जग्गाको कित्ताकाट खुल्यो

  सरकारले  नियमावली २०७९ मा तेस्रो पटक संशोधन गर्दै जग्गाको कित्ताकाट खुलाएको छ। ...

नेपाली खानालाई प्रवधन गर्न बानाले सडक फुड फेस्टिबल २०२५’ आयोजना गर्दै

बाल्टिमोर । बाल्टिमोर एशोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) ले नेपाली खानालाई प्रवर्धन...