मंत्री बन्न माओबादी भित्र मारामार, एकले अर्कालाई पछार्ने खेल शुरु



हाम्रो इकोनोमि

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र गृहमन्त्रीलाई लिएर विवाद सुरु भएको छ । वर्तमान सरकारका उप्रधानमन्त्री कृष्णबहादुर महरा, उर्जामन्त्री जनार्दन शर्मा, पूर्वमन्त्री टोपबहादुर रायमाझी र शक्ति बस्नेतले गृहमन्त्रीमा दावी गरेका छन् । सोमवारसम्म गृहमन्त्रीमा चर्काे दावी गरेका चार नेता मध्ये रायमाझी र बस्नेतले मंगलबार आफ्नो दावी छोडिसकेका छन् भने महरा र शर्माबीच गृहमन्त्रीका लागि टकराव सुरु भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महरालाई गृहमन्त्री बनाउने सोचमा छन् । तर जनार्दन शर्माले गृहमन्त्री नपाए सरकार नजाने चेतावनी दिएपछि माओवादी केन्द्रको नेतृत्व नै अप्ठ्रोमा परेको छ । शर्मालाई गृहमन्त्री बनाउन अन्य नेताहरु सकारात्म भएपनि प्रचण्ड भने महराकै पक्षमा देखिएका छन् । औपचारिक अनौपचारिक गरी गृहमन्त्रीका बिषयमा माओवादीभित्र दर्जनौ पटक छलफल समेत भएको छ । तर पनि गृहमन्त्रीको टुंगो लाग्न सकेको छैन ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचन, केन्द्र तथा प्रदेशको निर्वाचन गराउने दायित्व भावी सरकारको भएकाले शर्मालाई नै गृहमन्त्री बनाउनु पर्ने तर्क माओवादी केन्द्रभित्र चर्काेरुममा उठेको छ । स्रोतका अनुसार शर्माले आफ्नो अडान नछाडेपछि महरालाई उपप्रधानसहित परराष्ट्रमन्त्री बनाउने मनस्थितिमा प्रचण्ड पुगेका छन् तर बैठकमा भने उनले यस्तो निर्णय लिइसकेका छैनन् ।

दाहाल नेतृत्वको सरकारका सवैभन्दा चर्चित र लोकप्रिय शर्मालाई सरकारमा पठाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन् । माओवादी केन्द्रले देउवा नेतृत्वको सरकारमा ८ मन्त्रालय पाउँदैछ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...