जनमुक्तीका महासचिब खम्बुवानमा प्रवेश



हाम्रो इकोनोमि

काठमाडौँ/राष्ट्रिय जनमक्ति पार्टी नेपालका महासचिव विश्व किराँतले जनमुक्ति पार्टी परित्याग गरि खम्वुवान राष्ट्रिय मोर्चामा प्रबेश गरेका छन् ।

खम्वुवान राष्ट्रिय मोर्चाका केन्द्रिय अध्यक्ष तथा साम्सद रामकुमार राईले खम्वुवानको संसदिय दलको कार्यालय सिहदरबारमा प्रवेश गराएका हुन्।

किराँत जनमुक्ति पार्टीका संस्थापक सदस्य समेत रहेका किराँत सोमबार खम्बुवान प्रबेश गरेका हुन्। राष्ट्रिय मुक्ति आन्दोलनमा लामो अनुभव संगालेका किराँत कुशल राजनीतिक नेता हुन । पत्रकारिता क्षेत्रमा समेत आवद्ध किराँत बैचारिक र सैद्धान्तिक रुपमा खरो नेताका रुपमा चिनिन्छन् ।

आसन्न स्थानिय निकायको चुनाव नजिकिदैं गर्दा मोर्चामा प्रवेशको लहर तीब्र बनेको छ । खम्वुवान राष्ट्रिय मोर्चाले उठाउदै आएको राष्ट्र राज्य निर्माणका सैद्धान्तिक आधारको कार्यदिशा राष्ट्रिय मुक्ति आन्दोलन नै हो भनि ठहर गरे पश्चात अन्य पार्टी परित्याग गरि मोर्चामा प्रबेश गर्नेको लहर नै लागेको छ । साथै आसन्न स्थानिय निकायको निर्वाचनमा सैद्धान्ति प्रतिस्पर्धा होईन बिकासको एजेण्डामा प्रतिस्पर्धा गरौं भन्ने नाराका साथ मोर्चा चुवानमा होमिएको छ ।खम्बुवान पुर्बी नेपालमा दरिलो ढंगले राजनीतिक गतिबिधीमा संलग्न छ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...