पाँच अर्बसम्मको लगानी उद्योग विभागले स्वीकृत गर्ने



हाम्रो इकोनोमि

काठमाडौं । पाँच अर्ब रुपैयाँसम्मको वैदेशिक लगानीलाई उद्योग विभागले नै स्वीकृति दिन सक्ने व्यवस्था गरिने भएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएको विदेशी लगानीसम्बन्धी विधेयक २०७४ मा उक्त व्यवस्था गरिएको उद्योग मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा उक्त विधेयक मन्त्रिपरिषद्ले स्वीकृति गरिसकेको र व्यवस्थापिका संसद्समक्ष प्रस्तुत गर्ने तयारी भइरहेको जानकारी गराएको हो ।

उक्त विधेयकले साविकको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ लाई विस्थापित गर्नेछ । नेपालमा विदेशी लगानी भित्र्याउनका लागि कानुनी रुपमा सहजीकरण गर्ने उद्देश्यले उद्योग मन्त्रालयको विशेष पहलमा उक्त ऐन ल्याउन लागिएको हो ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले गएका वर्षहरुमा केही कम विदेशी लगानी मात्र विभागले स्वीकृति दिन सक्ने भएकोमा अब बन्ने ऐनबाट रकमको सीमा बढाइएको बताए । ‘गएका वर्षहरुमा दुई अर्ब रुपैयाँसम्मको विदेशी लगानीमात्र विभागले स्वीकृति दिने गरेको थियो,’ उनले भने, ‘अब बन्ने ऐनमार्फत पाँच अर्बसम्मको विदेशी लगानीलाई विभागले स्वीकृति दिनेछ ।’ सोभन्दा बढी लगानी भएको अवस्थामा भने लगानी बोर्डबाट स्वीकृति हुने उनको भनाइ छ ।

व्यावसायिक भिसा, वर्किङ भिसालगायतका विदेशी लगानीकर्ताहरुसँग जोडिने भिसासम्बन्धी व्यवस्थालाई कानुनी रुपमा स्पष्ट व्यवस्था गरिने र विदशी लगानीकर्तालाई आकर्षित गर्न उनीहरुलाई परिचयपत्र, सम्मान तथा पुरस्कारसमेत प्रदान गरिनेलगायतका व्यवस्था ऐनमार्फत गरिने मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफा ४९ अर्ब २१ करोड, सबैभन्दा बढी नबिलले कमायो

    वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

    नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार दशकदेखिका आफ्ना...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...