पाँच अर्बसम्मको लगानी उद्योग विभागले स्वीकृत गर्ने



काठमाडौं । पाँच अर्ब रुपैयाँसम्मको वैदेशिक लगानीलाई उद्योग विभागले नै स्वीकृति दिन सक्ने व्यवस्था गरिने भएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएको विदेशी लगानीसम्बन्धी विधेयक २०७४ मा उक्त व्यवस्था गरिएको उद्योग मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा उक्त विधेयक मन्त्रिपरिषद्ले स्वीकृति गरिसकेको र व्यवस्थापिका संसद्समक्ष प्रस्तुत गर्ने तयारी भइरहेको जानकारी गराएको हो ।

उक्त विधेयकले साविकको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ लाई विस्थापित गर्नेछ । नेपालमा विदेशी लगानी भित्र्याउनका लागि कानुनी रुपमा सहजीकरण गर्ने उद्देश्यले उद्योग मन्त्रालयको विशेष पहलमा उक्त ऐन ल्याउन लागिएको हो ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले गएका वर्षहरुमा केही कम विदेशी लगानी मात्र विभागले स्वीकृति दिन सक्ने भएकोमा अब बन्ने ऐनबाट रकमको सीमा बढाइएको बताए । ‘गएका वर्षहरुमा दुई अर्ब रुपैयाँसम्मको विदेशी लगानीमात्र विभागले स्वीकृति दिने गरेको थियो,’ उनले भने, ‘अब बन्ने ऐनमार्फत पाँच अर्बसम्मको विदेशी लगानीलाई विभागले स्वीकृति दिनेछ ।’ सोभन्दा बढी लगानी भएको अवस्थामा भने लगानी बोर्डबाट स्वीकृति हुने उनको भनाइ छ ।

व्यावसायिक भिसा, वर्किङ भिसालगायतका विदेशी लगानीकर्ताहरुसँग जोडिने भिसासम्बन्धी व्यवस्थालाई कानुनी रुपमा स्पष्ट व्यवस्था गरिने र विदशी लगानीकर्तालाई आकर्षित गर्न उनीहरुलाई परिचयपत्र, सम्मान तथा पुरस्कारसमेत प्रदान गरिनेलगायतका व्यवस्था ऐनमार्फत गरिने मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार