कहिल्यै नगर्नुहोला यी १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन्



हाम्रो इकोनोमि

भगवान शिवलाई भोलेनाथ पनि भनिन्छ तर शिव जति ‘भोले’ (शान्त र सजिलै प्रसन्न हुने) देखिन्छन् उनको रिस त्यति नै प्रलयकारी छ । भनिन्छ, जुन दिन भगवान शिवले आफ्नो तेस्रो आँखा खोल्नेछन् त्यस दिन संसारको अन्त्य निश्चित छ । शिव पुराणमा कार्य, व्यवहार र सोचद्वारा गरिएको १२ पापबारे वर्णन गरिएको छ जसलाई भगवान शिवले कहिले पनि क्षमा गर्दैनन् । यी १२ पाप गर्ने व्यक्तिले जीवनमा कहिल्यै सुखी जीवन बिताउन नसक्ने पनि बताइएको छ । तपाईंले सुन्न नै भएको होला, भगवानसँग केही पनि लुक्दैन । यहाँसम्म कि मानिसको मन–मस्तिष्कमा जुन कुराहरु खेल्ने गर्दछन् ती सबै कुरा भगवानलाई ज्ञान हुन्छ । त्यसकारण तपाईंले व्यवहारमार्फत कसैलाई पनि हानी नोक्सानी पुर्याउनु भएको छैन तर मनमा कसैप्रति दुर्भावना राख्नु हुन्छ भने त्यो पापको श्रेणीमा गनिन्छ । शिव पुराणः सोचमार्फत गरिने पापः अरुका श्रीमान् वा श्रीमतीमाथि नराम्रो कुदृष्टि राख्नु । अरुका श्रीमान् वा श्रीमतीलाई पाउनु अभिलाषा राख्नु पनि पाप भएको शिव पुराणले बताउँछ । अरुको धन आफ्नो बनाउने चाहना राख्नु पनि भगवान शिवको नजरमा अक्षम्य अपराध र पाप हो । कुनै निर्दोष र निरपराध व्यक्तिलाई कष्ट दिनु, उनलाई हानी नोक्सानी पुर्याउनु वा धन–सम्पत्ति लुट्नु, ती व्यक्तिका लागि बाधा निम्त्याउन वा योजना बनाउने व्यक्तिलाई पनि भगवान शिवले कहिले पनि माफी दिने छैनन् ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...