सरकारलाई एनसेलले साढे १३ अर्ब लाभकर तिर्यो



काठमाडौं । एनसेलले पूँजीगत लाभकर बापतको साढे १३ अर्ब रुपैयाँभन्दा बढी सरकारलाई भुक्तनी गरेको छ ।

आइतबार ऐनसेलले आन्तरिक राजश्व विभागअन्तरतको ठूला कसरदाता कार्यालयमा १३ अर्ब ६० करोड ४७ लाख ९१ हजार रुपैयाँ बराबरको कर दाखिला गरेको हो ।
एनसेलले यसअघि पनि सरकारलाई ९ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ पूँजीगत लाभकर सरकारलाई बुझाएको थियो । लामो समदेखि कर तिर्नेरनतिर्ने विषमा बहस भइरहँदा एनसेलले झण्डै थप १३ अर्ब कर दाखिला गरेको हो ।

स्वीडेनको टेलिया कम्पनीले एक्जियटालाई एनसेलको ८० प्रतिशत स्वामित्व एक अर्ब ३६ करोड ५१ लाख डलरमा बेचेको थियो ।

खरिद प्रक्रिया टुंग्याए पनि कर तिर्न एनसेल तयार भएको थिएन । तर, विभिन्न स्तरको दबाव तथा एक्जियटाको अग्रसरतामा एनसेलले झण्डै २४ अर्ब बढी पूँजीगत लाभकर तिरेको छ ।

नेपालको कानुनअनुसार २५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्छ । यसमध्ये क्रेता कम्पनीले १५ प्रतिशत र बिक्री हुने कम्पनीले १५ प्रतिशत लाभकर दाखिला गर्नुपर्छ । अब एनसेल सञ्चालक एक्जिएटाले आफ्नो सबै दायित्व भुक्तानी गरेको छ ।

अब एनसेल बेच्ने टेलिया कम्पनीले सरकारलाई १० प्रतिशत कर तिर्नुपर्नेछ । तर, टेलियाले त्यस्तो कर नतिर्ने बताउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

दोहोरो अंकले बढ्यो सेयर बजार

    साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।