पूर्वराज्यमन्त्री खड्कासहित ४० माओवादीलाई  ज्यान मुद्दा



हाम्रो इकोनोमि

दोलखा । चुनावको पूर्वसंध्यामा दोलखाको गौरीशंकर गाउँपालिकास्थित जुँगुमा भएको कुलबहादुर तामाङको हत्या प्रकरणमा पूर्वराज्यमन्त्री देवी खड्कासहित ४० जना माओवादी नेता कार्यकर्ता्विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

प्रहरीको अनुसन्धानपछि सरकारी वकिलले आइतबार जिल्ला अदालत चरिकोटमा मुद्दा दर्ता गरेको हो ।
ज्यान मुद्दामा देवी खड्कासहित माओवादी पोलिटव्यूरो सदस्य गंगा कार्की, जिल्ला अध्यक्ष बिशाल खड्का लगायतलाई प्रतिवादी बनाइएको छ ।
पीडित परिवारको जाहेरीका आधारमा प्रतिवादी बनाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
गौरीशंकर गाउँपालिका वडा नमबर १ का एमाले उम्मेदवार गोरे तामाङका छोरा कुलवहादुरको वैँशाख २७ गते जुँगुको रेशमडाँडामा हत्या भएको थियो ।

एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडपपछि सो हत्याकाण्ड भएको थियो । हत्यापछि कुलवहादुरका परिवारले ४१ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । ती मध्ये ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माओवादी नेताहरु देवी खड्का, विशाल खड्का र गंगा कार्की लगायत फरार रहेको प्रहरीले जनाएको छ । सोही हत्याकाण्डमा किटानी जाहेरी परेकै कारण माओवादी नेताहरु चुनावको दिन आफ्नो गाउँ समेत जान सकेका थिएनन् ।

गौरीशंकर गाउँपालिकामा एमालेले कांग्रेस माओवादी गठबन्धनलाई पराजित गरेको थियो । केही दिनअघि पीडित परिवारले आफूहरुलाई माओवादीले धम्की दिइरहेको पत्रकार सम्मेलन मार्फत बताएका थिए ।

यता माओवादी दोलखा जिल्ला समितिले भने एमालेले नियोजित रुपमा माओवादीका नेताहरुलाई फसाउन लासको राजनीतिक गरेको आरोप लगाएको छ ।

यसैबीच चुनावको बेला दोलखाका बिभिन्न स्थानमा भएका झडप,हत्या र बुथ कब्जाका घटनामा उम्मेदवार सहित मतदाताको मानवअधिकार हनन भएको भन्दै परेको उजुरीमा राष्ट्रिय मानवअधिकार आयोगले छानविन थालेको छ ।

आयोगमै पुगेर एमालेका सांसदहरु पशुपति चौलागाई,आनन्द पोखरेल र पार्वत गुरुङले दोलखाको जफे,झुले,मेलुङ,गैरीमुदी,क्षेत्रपा लगायतका बुथमा चुनावका दिन कांग्रेसले भौतिक हमला गरेर उम्मेदवार कुटपिट गरेको र मतदाताले मतदान गर्न नपाएको भन्दै छानविनको माग गरेका थिए ।

थ कब्जा र कुटपिट तथा हत्याका घटनामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले सत्तापक्षका कार्यकर्तालाई संरक्षण दिएको आरोप समेत एमालेले लगाएको थियो । झुले, जफे लगायतका बुथमा मतदानको दिन घाइते बनाइएका व्यक्तिले आयोगमा उजुरी दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...