प्रधानमन्त्रीका प्रमुख सल्लाहकार पक्राउ



हाम्रो इकोनोमि

अङ्कारा (टर्की), २० जेठ । टर्कीका प्रधानमन्त्री बिनाली इन्दिरिमका प्रमुख सल्लाहकारलाई स्वघोषित निर्वासमा रहनुभएका धर्मगुरु फेथुल्लाह गुलेनसँग साँठगाँठ रहेको आरोपमा शनिबार सुरक्षा नियन्त्रणमा लिइएको छ ।

प्रधानमन्त्रीका सल्लाहकारका रुपमा काम गरिरहेका बिरोल एर्देमले धर्मगुरु गुलेनद्वारा टर्कीमा चलाएको आन्दोलनमा संलग्नता रहेको आरोप लगाइएको छ ।

न्याय मन्त्रालयका पूर्व उपसचिवसमेत रहेर काम गर्नुभएका एर्देम र उहाँसँगै पत्राउ पर्नुभएकी उहाँकी पत्नी गुलुमसेर एर्देमलाई अङ्कराको अभियोजको कार्यालयका प्रमुखद्वारा अनुसन्धान गर्ने तयारी भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

धर्मगुरु गुलेन र उहाँका अनुयायीमाथि टर्की सरकारले सन् २०१६ को असफल ‘कु’ प्रयासको योजना कारक रुपमा आरोप लगाउँदै आएको छ । उक्त घटनामा दोहोरो झडपमा २४९ जना मारिएका थिए भने दुई हजार २०० नागरिक घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...