प्रधानमन्त्रीका प्रमुख सल्लाहकार पक्राउ



हाम्रो इकोनोमि

अङ्कारा (टर्की), २० जेठ । टर्कीका प्रधानमन्त्री बिनाली इन्दिरिमका प्रमुख सल्लाहकारलाई स्वघोषित निर्वासमा रहनुभएका धर्मगुरु फेथुल्लाह गुलेनसँग साँठगाँठ रहेको आरोपमा शनिबार सुरक्षा नियन्त्रणमा लिइएको छ ।

प्रधानमन्त्रीका सल्लाहकारका रुपमा काम गरिरहेका बिरोल एर्देमले धर्मगुरु गुलेनद्वारा टर्कीमा चलाएको आन्दोलनमा संलग्नता रहेको आरोप लगाइएको छ ।

न्याय मन्त्रालयका पूर्व उपसचिवसमेत रहेर काम गर्नुभएका एर्देम र उहाँसँगै पत्राउ पर्नुभएकी उहाँकी पत्नी गुलुमसेर एर्देमलाई अङ्कराको अभियोजको कार्यालयका प्रमुखद्वारा अनुसन्धान गर्ने तयारी भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

धर्मगुरु गुलेन र उहाँका अनुयायीमाथि टर्की सरकारले सन् २०१६ को असफल ‘कु’ प्रयासको योजना कारक रुपमा आरोप लगाउँदै आएको छ । उक्त घटनामा दोहोरो झडपमा २४९ जना मारिएका थिए भने दुई हजार २०० नागरिक घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...