पाँचखालमा बस पल्टियो



हाम्रो इकोनोमि

पाँचखालमा बस पल्टियो

बनेपा। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आज बिहान बस दुर्धटना भएको छ । बस सडकबाट झन्डै २० मिटर तल खसेको छ । ३८ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट यात्रु लिएर जिल्लाको कार्तिके देउराली जाँदै गरेको बा२ख ६४४१ नंको बस अनियन्त्रित भएर अरनिको राजमार्ग सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलल जनाएको छ । घाइते भएका अधिकांशको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । गाडीका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । सो गाडीमा करिब ४५ जना यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...