एमालेले आइतबार पनि संसद चल्न नदिने



हाम्रो इकोनोमि

 

 काठमाडौं । नेकपा एमालेले आइतबार पनि ससंद चल्न नदिने भएको छ । चितवनको भरतपुर महानगरपालिकामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय र राष्टपतिको पत्र संसदमा टेबल नै नगरी प्रधानमन्त्री चयन प्रक्रिया अधि बढाइएकोले संसद अबरुद्ध गर्ने भएको हो । बामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मदेवार बनाउने चर्चा चलिरहेका बेला प्रमुख प्रतिपक्षी दल एमालेले अन्ततः प्रधानमन्त्री चयन प्रक्रियामै सहभागिता नजनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री पदका लागि संसदमा देउवाको मात्रै उम्मेदवारी परेको छ । आइतबार संसदमा प्रधानमन्त्री चयन गर्ने कार्यसूचि छ ।
एमालेले संसदको अवरोध खोलेको छैन । भोलि पनि अवरोध जारी राख्ने र मतदानको प्रक्रियामा भाग नलिले उसले जनाएको छ ।
‘प्रधानमन्त्रीको चयन प्रक्रियामै हामीले असहमति जनाएका छौं,’ एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले भने, ‘राष्ट्रपतिको पत्र संसदमा टेबल नै नगरी प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाइएकाले यो त्रुटीपूर्ण छ, यसमा एमाले सहभागी हुँदैन ।’प्रधानमन्त्री चयन गर्ने कार्यसूची रहेको भए पनि आइतबार एमालेले संसदको अवरोध जारी राख्ने र देउवालाई प्रधानमन्त्री बन्न नदिने रणनीति अघि सारेको छ

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...